Biratnagar, Morang, Nepal
८ कार्तिक २०८३, आइतवार
+977 21 450305, 515728, 578305
समाज

शिक्षासेवी तथा समाजसेवी ओम निरौलाको निधन

उद्‌घोष संवाददाता
७ कार्तिक २०८३, शनिवार

Advertisement

विराटनगर । शिक्षासेवी तथा समाजसेवी ओम निरौलाको शनिबार ५८ वर्षको उमेरमा निधन भएको छ ।

मृगौला सम्बन्धी समस्याबाट पीडित भई उपचारका क्रममा उनको निधन भएको हो ।

उनको पार्थिव शरीरको शनिबार नै परोपकार घाटमा अन्तिम संस्कार गरिएको छ ।

स्वर्गीय निरौलाले विराटनगर-१ स्थित ऐतिहासिक राधाकृष्ण रथयात्रा समितिको पूर्व सचिव तथा राधाकृष्ण मन्दिरको महासचिवको रूपमा लामो समय सेवा पुर्‍याएका थिए ।

त्यसैगरी, उनले हालै विराटनगर-१ स्थित विजयपुर टोलस्थित रामजानकी मन्दिरमा सचिवको भूमिकामा समेत महत्त्वपूर्ण योगदान दिएकाे स्थानीय शिल्पा प्याकुरेलले जनाएकी छन्  ।

स्वर्गीय निरौलाका श्रीमती र दुई छोरा छन् ।

View : 357

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved