Biratnagar, Morang, Nepal
१ कार्तिक २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

व्यापार संघमा चाडपर्वको शुभकामना आदान प्रदान

उद्‌घोष संवाददाता
३० असोज २०८३, शुक्रवार

Advertisement

विराटनगर । मोरङ उद्योग व्यापार संघले विजया दशमी, शुभदीपावली, छठ लगायतका प्रमुख चाडपर्वहरूको अवसरमा बिहीबार शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालीहरूका महान चाडपर्वले सामाजिक एकता कायम गर्दै सुख समृद्धिको बाटोमा अग्रसर हुन सवैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

संघका अध्यक्ष अनिलकुमार साहले आमन्त्रितहरूलाई स्वागत गर्दै संघले हरेक बर्षझैं यसपटक पनि शुभकामना आदान प्रदान कार्यक्रम मार्फत सुख समृद्धिको कामना गरिएको बताए ।

उक्त अवसरमा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ्थेप, उद्योग, कृषि तथा सहकारीमन्त्री रामप्रसाद मेहता, स्वास्थ्यमन्त्री इन्द्रमणी पराजुली, सामाजिक विकासमन्त्री गीता तिम्सिना, नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, अमृत अर्याल, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडा, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, विराट व्यापार संघ विराटनगरका अध्यक्ष प्रमोद जिन्दल, मोरङ चेम्बर अफ कर्मशका अध्यक्ष शिव रिजाललगायत नागरिक समाज, राजनीतिक दल, समाजसेवी, सञ्चारकर्मी, बुद्धिजिवीहरूको उपस्थिति थियो ।

View : 34

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved