Biratnagar, Morang, Nepal
१ कार्तिक २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

३१ शिक्षकलाई वैश्विक नागरिक शिक्षा अभिमुखीकरण

उद्‌घोष संवाददाता
३० असोज २०८३, शुक्रवार

Advertisement

इनरुवा । कोशी प्रदेशका आठ जिल्लाका ३१ जना शिक्षकलाई वैश्विक नागरिक शिक्षासम्बन्धी पाँचदिने अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको छ । नेपाल सरकार, शिक्षा विभाग सानोठिमी भक्तपुरको आयोजनामा सञ्चालित कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागी शिक्षकहरूलाई लोकतान्त्रिक मूल्य र मान्यता, सामाजिक न्याय, समावेशिता, डिजिटल शिक्षा, जलवायु परिवर्तन, स्वास्थ्य तथा वातावरणलगायत विषयमा अभिमुखीकरण गरिएको थियो ।

कार्यक्रममा शिक्षा विभाग सानोठिमी भक्तपुरका वरिष्ठ प्राविधिक अधिकृत रामचन्द्र ढकाल, शिक्षा तालिम केन्द्र इनरुवाका वरिष्ठ प्रशिक्षक रेवन्तबहादुर बस्नेत तथा प्रशिक्षकहरू शान्तकुमार चौहान, इन्दिरा देवी बराल, भेषराज खत्री र लक्ष्मीप्रसाद लिम्बूलगायतले सहजीकरण गरेका थिए ।

समापन कार्यक्रमका अध्यक्ष तथा शिक्षा तालिम केन्द्र इनरुवाका प्रमुख यादवप्रसाद दुलालले विश्व एउटा सानो गाउँका रूपमा विकसित हुँदै गएकाले नेपाली विद्यार्थीले पनि विश्वस्तरको गुणस्तरीय शिक्षा प्राप्त गर्नुपर्ने बताए। उनले गुणस्तरीय तथा सीपमूलक शिक्षा आजको आवश्यकता रहेको उल्लेख गरे ।

कार्यक्रममा सहभागी शिक्षकहरू बेणुप्रसाद सिग्देल, खेमचन्द्र सुवेदी, खेमराज लिम्बू, रमा भुजेल, मञ्जु नेपाल, आरती ढुङ्गाना र बिमला चापागाईँलगायतले पाँचदिने अभिमुखीकरण फलदायी भएको बताए। उनीहरूले कार्यक्रमबाट प्राप्त ज्ञान र सीप विद्यालयमा प्रयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।

View : 30

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved