विराटनगर / साहित्य अनुरागी तथा प्राज्ञिक व्यक्तित्वहरूका लागि विराटनगरमा एउटा विशेष अवसर जुर्ने भएको छ। सिटी शैक्षिक प्रतिष्ठानकाे आयोजनामा मंगलबार विराटनगरमा बहुचर्चित लेखक अरुण गुप्तोसँग लेखक भेटघाट कार्यक्रम आयोजना गरिँदै छ।
विराटनगर सिटी कलेजको प्राङ्गणमा बिहान १० बजेदेखि सञ्चालन हुने उक्त विशेष समारोहमा प्रसिद्ध लेखक अरुण गुप्तोको चर्चित संस्मरण पुस्तक ‘क्र्याक्स इन द विन्ड’ माथि गहन चर्चा–परिचर्चा हुनेछ।
लेखक तथा प्राध्यापक डा. अच्युतराज कट्टेलका अनुसार, कार्यक्रममा सहभागीहरूले लेखक गुप्तोसँग प्रत्यक्ष रूपमा जोडिएर उनको कृति, जीवनदर्शन, विचार र साहित्यिक अनुभवका विविध आयामहरूबारे नजिकबाट संवाद गर्ने अवसर प्राप्त गर्नेछन्।
साहित्य क्षेत्रमा रुचि राख्ने, अनुसन्धानकर्ता तथा जिज्ञासु पाठकहरूका लागि यो अन्तरक्रियात्मक कार्यक्रम निकै फलदायी र प्रेरणादायी हुने अपेक्षा डा. कट्टेलले व्यक्त गरेका छन् । आयोजकले सम्पूर्ण साहित्यप्रेमीहरूलाई कार्यक्रममा सहभागी भई संवादलाई जीवन्त बनाउन हार्दिक आह्वान गरेको छ।
View : 217
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved