Biratnagar, Morang, Nepal
२४ असोज २०८३, शनिवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

गायक श्यामकृष्ण बास्कोटाको राजस्थानमा जिते मन

उद्‌घोष संवाददाता
२३ असोज २०८३, शुक्रवार

Advertisement

विराटनगर ।  भारतको राजस्थानस्थित पर्यटकीय नगरी उदयपुरको कैलाशपुरीमा आयोजित दुई दिने ‘अखिल भारतीय म्युजिकल ग्रुप कराओके परिवार’को वार्षिक साङ्गीतिक मिलन समारोहमा नेपालका तर्फबाट विराटनगरका गायक श्यामकृष्ण बास्कोटाले विशेष साङ्गीतिक प्रस्तुतिले स्थानीयकाे मन जीतकाे छ ।

राजस्थानी स्थानीय नवज्योती पत्रिकामा प्रकाशित समाचार अनुसार राजसमन्द म्युजिकल ग्रुपको आयोजनामा सम्पन्न उक्त समारोहमा बास्कोटाका साथै अमेरिकाका एसके मेहताको प्रस्तुति मुख्य आकर्षणको रूपमा  थियो।

बास्कोटाले आफ्ना सुमधुर गीतहरूमार्फत उपस्थित दर्शक तथा सङ्गीतप्रेमीहरूलाई मन्त्रमुग्ध पारेका थिए।

आयोजन समितिका सदस्य दिनेशकुमार सालवीका अनुसार सन् २०१५ मा बाँदा निवासी शिक्षक मनोज कुमारले एक ह्वाट्सएप ग्रुपमार्फत सङ्गीतप्रेमीहरूलाई जोड्दै यस अभियानको सुरुआत गरेका थिए। त्यसयता प्रत्येक वर्ष फरक-फरक सहरहरूमा साङ्गीतिक मिलन समारोह आयोजना हुँदै आएको छ।

यसअघि भारतका प्रमुख सहरहरू जयपुर, देहरादून, जेसलमेर, इन्दोर, नासिक र मुम्बईमा यस्ता भव्य कार्यक्रमहरू सम्पन्न भइसकेका छन्।

यस पटकको समारोहमा भारतका विभिन्न राज्यहरू—कोलकाता, महाराष्ट्र, मध्य प्रदेश, उत्तर प्रदेश, हिमाचल प्रदेश, दिल्ली र गुजरात लगायतका स्थानबाट करिब ७० जना गायक तथा कलाकारहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा स्थानीय तथा विभिन्न क्षेत्रबाट आएका कलाकारहरूले समेत आफ्ना उत्कृष्ट साङ्गीतिक प्रस्तुतिहरू पस्किएका थिए।

View : 312

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved