फाइल तस्वीर ।
विराटनगर । सप्तकोसी नदीस्थित चतराबाट भोजपुरसम्म संचालन हुँदै आएको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा थप दुई जना बेपत्ता भएका छन् । बोटमा सवार १४ मध्ये केही यात्रुहरुको भने सफलतापूर्वक उद्दार भएको जनाइएको छ ।
भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको बोट सप्तकोसी नदीको खुवालुङ क्षेत्र नजिकै इन्जिन बन्द भएर दुर्घटनामा परेको हो ।
इन्जिन बन्द भएपछि पानीमा बगेको र बराहक्षेत्र क्षेत्र नजिकै पुगेर पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीका प्रहरी निरीक्षक विक्रम भट्टराईले जानकारी दिए ।
दुर्घटनापछि उद्धार गरिएका चार जनालाई उपचारका लागि चतरा अस्पताल पठाइएको छ । तीमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको र एक जनाको उपचार भइरहेको प्रहरी निरीक्षक भट्टराईले बताए ।
मृत्यु हुनेहरूको पहिचान भने खुल्न बाँकी रहेको छ । उद्धार गरिएका अन्य यात्रुको अवस्था सामान्य रहेको जनाइएको छ ।
View : 100
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved