Biratnagar, Morang, Nepal
२९ असोज २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

विराटनगरमा रुसी नाटककार चेखभको ‘अन्तिम गीत’ मञ्चन सुरु, बिहीबार दुई शो हुने

सो नाटकमा वरिष्ठ रङ्गकर्मी सुनिल पोखरेल र सब्बु गुरुङको सशक्त अभिनय छ ।
उद्‌घोष संवाददाता
२८ असोज २०८३, बुधवार

Advertisement

विराटनगर ।  विराटनगरस्थित आरोहण गुरुकुलमा रुसी नाटककार एन्टोन चेखभको लोकप्रिय एकाङ्की नाटक ‘अन्तिम गीत’ (द स्वान सङ) बुधबारदेखि मञ्चन सुरु भएको छ ।

महेश पौड्यालको अनुवाद तथा नवराज बुढाथोकीको निर्देशनमा तयार पारिएको सो नाटक काठमाडौँको सफल मञ्चनपश्चात विराटनगरमा प्रस्तुत गरिएको हो ।

शैली थिएटरको प्रस्तुति, रुसी सदनको साझेदारी एवम् आरोहण गुरुकुल, विराटनगरको सहकार्यमा आयोजना गरिएका सो नाटकमा वरिष्ठ रङ्गकर्मी सुनिल पोखरेल र सब्बु गुरुङको सशक्त अभिनय छ ।

स्थानीय दर्शकसम्म उत्कृष्ट नाट्यकृति पु-याउने उद्देश्यले नाटक मञ्चन गरिएको आरोहण गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए ।


विराटनगर–८, हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा मञ्चन भइरहेको नाटकको व्यवस्थापन भैरव क्षेत्री, विवश पोखरेल, राम प्याकुरेल र भवानीप्रसाद अधिकारीले सम्हालेका छन् भने कार्यक्रम संयोजन देवेन्द्र यादवले गरेका छन् ।


बुधबार पहिलो दिन सफलताका साथ मञ्चन भइसकेको नाटक बिहीबार दिउँसो १ बजे र साँझ ५ बजे गरी दुई शो मञ्चन हुने आयोजकले जनाएको छ । नाटक हेर्नका लागि टिकट दर तीन सय, पाँच सय र एक हजार रुपैयाँ निर्धारण गरिएको छ ।

 

View : 78

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved