विराटनगर । एनसेलका ग्राहकले चाडपर्वको अवसरमा सामसङका घरायसी विद्युतीय उपकरण खरिद गर्दा ३१ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै टेलिभिजन, फ्रिज, वासिङ मेसिनलगायतका उपकरण खरिदमा ग्राहकलाई अतिरिक्त छुट उपलब्ध गराउने भएको हो । सामसङले चाडपर्वका अवसरमा दिँदै आएको छुटमा एनसेलका ग्राहकले थप १२ प्रतिशतसम्म छुट पाउने छन् ।
ग्राहकले लिएको प्याक वा रेन्टल प्याकका आधारमा थप ५, ८ वा १२ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यसबाट ग्राहकले कुल ३१ प्रतिशतसम्म बचत गर्न सक्ने कम्पनीले जनाएको छ ।
एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारडा र सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङको उपस्थितिमा सहकार्यलाई औपचारिकता दिइएको हो ।
सहकार्यले ग्राहकलाई थप लाभ प्रदान गर्नुका साथै सेवा तथा उपभोक्ता अनुभवलाई सहज बनाउने दुवै कम्पनीको विश्वास छ ।
यो अफर असोज २२ देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी ल्याइएको योजनाअन्तर्गत योग्य ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ सेक्सनमा गएर आफ्नो योग्यता जाँच गर्न सक्नेछन् ।
त्यसपछि नेपालभरिका सहभागी सामसङका आधिकारिक बिक्री केन्द्रबाट छुटको सुविधा लिन सकिनेछ ।
एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारडाले कनेक्टिभिटी सेवामा मात्र सीमित नभई ग्राहकलाई थप मूल्य र लाभ प्रदान गर्ने उद्देश्यअनुरूप सामसङसँग सहकार्य गरिएको बताए । यस सहकार्यले ग्राहकलाई विश्वासिलो ब्रान्डका घरायसी उपकरण खरिद गर्दा अतिरिक्त छुटको लाभ लिन सहयोग पुग्ने उनको भनाइ छ ।
एनसेलको देशव्यापी ग्राहक पहुँच तथा डिजिटल प्लेटफर्मलाई सामसङका उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादन र आधिकारिक बिक्री सञ्जालसँग जोडेर ग्राहकलाई थप सहज र लाभदायी सेवा उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
View : 19
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved