Biratnagar, Morang, Nepal
७ कार्तिक २०८३, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

यू–१९ एसिया कपः नेपालको प्रारम्भिक टोली घोषणा

उद्‌घोष संवाददाता
७ कार्तिक २०८३, शनिवार

Advertisement

काठमाडौं । यू–१९ एसिया कपको तयारीका लागि नेपालको प्रारम्भिक टोली सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज २८ खेलाडीको प्रारम्भिक टोली सार्वजनिक हो ।

उक्त टोलीमा निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, सुशील रावल, शुभम खनाल, अभय यादव, सचिन भट्ट, सूर्यांशु कोइराला, परिमार्जन यादव, प्रसिद्ध जैसी र शिवांश बजगाईं रहेका छन् ।

त्यस्तै, दर्शन सोनार, विपिन शर्मा, सुगम बुढाथोकी, आशिक बैठा, जोय थापा, सोहेल कुँवर, रौनक श्रीवास्तव, रोहित चन्द, सौजन घिमिरे, क्रितिक कामत, भूपाल डंगोल, राहुल हक, दीपक सेमेला र रोशन शाही पनि टोलीमा अटाएका छन् ।

टोलीको बन्द प्रशिक्षण आइतबारदेखि पोखरामा सुरु हुने जनाएको छ । बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अन्तिम टोलीमा समावेश गरिनेछ ।

View : 17

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved