Biratnagar, Morang, Nepal
८ कार्तिक २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

इटहरीमा नेपथ्यको  कन्सर्ट हुने

उद्‌घोष संवाददाता
८ कार्तिक २०८३, आइतवार

Advertisement

सुन्दरहरैँचा । नेपाली लोकप्रिय सांगीतिक समूह नेपथ्य पहिलोपटक इटहरीमा प्रस्तुत हुने भएको छ। कात्तिक १८ गते इटहरी रंगशालामा हुने सांगीतिक कार्यक्रमका लागि तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।

पूर्वाञ्चल इभेन्ट्स प्रालिको आयोजना तथा इटहरी उपमहानगरपालिकाको प्रवर्द्धनमा हुन लागेको कार्यक्रममा करिब १० हजार दर्शक अट्ने व्यवस्था मिलाइनेछ । आयोजकका अनुसार हालसम्म करिब तीन हजार टिकट बिक्री भइसकेका छन् ।

आयोजक संस्थाका अध्यक्ष राजकुमार कार्कीका अनुसार इटहरीमा नेपथ्यको यो पहिलो प्रस्तुति नै अन्तिम हुन सक्ने सम्भावना छ ।

नेपथ्य टोलीसँगको कुराकानीमा त्यसपछि इटहरीमा अर्को प्रस्तुति नहुन सक्ने कुरा आएको उनले बताएका छन्। यद्यपि, यसबारे अन्तिम निर्णय सार्वजनिक भएको छैन ।

कार्यक्रमका लागि सर्वसाधारणतर्फ रु. १ हजार ५०० र विद्यार्थीका लागि रु. १ हजारको टिकट मूल्य तोकिएको छ। विद्यार्थी सहुलियतमा टिकट लिनेले प्रवेशका बेला मान्य विद्यार्थी परिचयपत्र देखाउनुपर्नेछ ।

कार्यक्रमका दिन अपराह्न ४ बजे प्रवेशद्वार खुल्ने र साँझ ६ बजे सांगीतिक प्रस्तुति सुरु हुने जनाइएको छ ।

तीन दशकभन्दा लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय नेपथ्यले ‘छेक्यो छेक्यो’, ‘जोमसोमे बजारमा’, ‘रेशम’ र ‘भेडाको ऊनजस्तो’ लगायतका गीतमार्फत विभिन्न पुस्ताका श्रोतामाझ लोकप्रियता कमाएको छ ।

View : 12

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved