Biratnagar, Morang, Nepal
३ कार्तिक २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
अन्तर्राष्ट्रिय

अभिनेता टाइगर श्राफको गाडीमाथि गोली प्रहार, दुई जना घाइते

उद्‌घोष संवाददाता
२ कार्तिक २०८३, सोमवार

Advertisement

काठमाडौं । हिन्दी चलचित्रका चर्चित अभिनेता टाइगर श्राफको गाडीमाथि गोली प्रहार भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार साँझ जुहु क्षेत्रमा घरबाट बाहिर निस्कने क्रममा अज्ञात व्यक्तिहरूले श्राफको गाडीमाथि आक्रमण गरेका थिए ।

घटनाका क्रममा चार राउन्ड हवाई फायर गरिएको जनाइएको छ । भारतीय समाचार संस्था एएनआईले प्रहरीलाई उद्धृत गर्दै आक्रमणमा अभिनेता श्राफ सुरक्षित रहेको, तर उनका गाडी चालकसहित दुई जना घाइते भएको जनाएको छ ।

घटनाको अनुसन्धानका लागि मुम्बई प्रहरीले १५ वटा टोली गठन गरेको बताइएको छ । आक्रमणमा संलग्न व्यक्तिहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । टाइगर श्राफ चर्चित अभिनेता ज्याकी श्राफका छोरा हुन् । (एएनआई)

View : 47

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved