विराटनगर । नेपाली कांग्रेस विराटनगर-१२ वडा समितिको आयोजनामा शनिबार वडादशैं, तिहार, छठ पर्व, गोठाले पर्व तथा नेपाल संवत्को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
धरणीधरचोकस्थित विराट सामुदायिक भवनमा आयोजित सो कार्यक्रममा नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाकाे प्रमुख उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रमिला गच्छदार, कोशी प्रदेश सदस्य गोपाल रेग्मी, मोरङ कांग्रेसका अध्यक्ष डिकबहादुर लिम्बू, सचिव मोदराज घिमिरे, मोरङ ६ ‘ख’ का सभापति रामसुन्दर राजवंशी र धनकुटा अध्यक्ष दिनेश राई, सन्ताेष नेउपाने लगायतका नेताहरूको सहभागिता थियो ।
नेपाली कांग्रेस विराटनगर-१२ का सभापति डेडराज दाहालको सभापतित्वमा सम्पन्न भएको साे कार्यक्रममा रिता पोखरेलले आगन्तुकहरूलाई स्वागत गरेकी थिइन् ।
View : 456
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved