इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित शान्तिचोकमा जुवा तास खेलिरहेका आठ जनालाई प्रहरीले नगद ४ लाख ५६ हजार १८० रुपैयाँसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार साँझ इटहरीस्थित द ईस्टन होटलमा जुवा तास खेलिरहेको विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले जुवा खेलिरहेको अवस्थामा उनीहरूबाट आठ बुक तास र नगद ४ लाख ५६ हजार १८० रुपैयाँ बरामद गरेको जनाएको छ । पक्राउ परेका आठै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१ का ३७ वर्षीय मोहन घिमिरे, ४२ वर्षीय मनोज राई, ५२ वर्षीय ईश्वर कार्की, ४० वर्षीय टिकराम गोलाल, ४० वर्षीय जीवन अधिकारी, ३९ वर्षीय युवराज मगर, ४३ वर्षीय दुर्गा प्रसाद थापा र ४२ वर्षीय खगेन्द्र लिम्बू रहेका छन् ।
View : 14
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved