Biratnagar, Morang, Nepal
३० असोज २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
प्रविधि

शुद्ध पिउने पानीको प्रयोगमा केन्ट आरओको जोड

उद्‌घोष संवाददाता
२९ असोज २०८३, बिहिवार

Advertisement

विराटनगर । नेपालीहरूको महान् पर्व बडादशैंलाई स्वस्थ, सुरक्षित र खुसीयालीका साथ मनाउन केन्ट आरओले शुद्ध पिउने पानीको प्रयोगमा जोड दिएको छ ।

दशैंको अवसरमा परिवार तथा आफन्तसँग भेटघाट गर्ने, मिठा परिकार बाँड्ने र खुसी साटासाट गर्ने क्रम बढ्दै जाँदा परिवारको स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने कम्पनीले जनाएको छ । 

शुद्ध पानी स्वस्थ जीवनशैलीको महत्त्वपूर्ण हिस्सा भएकाले दैनिक जीवनमा सुरक्षित पिउने पानीको प्रयोग गर्न केन्ट आरओले आग्रह गरेको हो । 

‘शुद्ध पानी, स्वस्थ भोलिका लागि’ भन्ने प्रतिबद्धतासहित केन्टले आधुनिक प्रविधिमा आधारित विभिन्न पानी शुद्धीकरण उपकरण उपलब्ध गराउँदै आएको छ । 

कम्पनीका अनुसार ती उपकरणले पानीमा रहेका हानिकारक अशुद्धता हटाउन सहयोग गर्नुका साथै आवश्यक खनिज तत्त्व कायम राख्ने उद्देश्य राख्छन् ।

पानी शुद्धीकरणको क्षेत्रमा २५ वर्षको अनुभव रहेको केन्टले प्रविधि र गुणस्तरमार्फत परिवारको स्वस्थ जीवनशैलीमा योगदान पु¥याउँदै आएको जनाएको छ । 

कम्पनीका उत्पादनलाई लाखौँ परिवारले विश्वास गर्दै आएको उल्लेख गर्दै प्रचार सामग्रीमा सम्बन्धित उत्पादनका लागि १२ महिनाको वारेन्टीसमेत रहेको जनाइएको छ ।

यस दशैंमा परिवारसँगै बसेर मनाइने खुसीका पललाई अझ विशेष बनाउँदै शुद्ध पानीको महत्व आत्मसात् गर्न केन्टले आग्रह गरेको छ । 

कम्पनीले दशैंको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र पारिवारिक खुसीको शुभकामना व्यक्त गर्दै केन्टका घरेलु सामग्री खरिद गरी स्वस्थ रूपमा दशैं मनाउन अपिल गरेको छ ।

View : 19

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved