ग्राहक बन्नका लागि
विराटनगर । व्यवस्थापनको जिम्मेवारी कसलाई दिने भन्ने विषयले उद्योगी व्यवसायीहरू नै विभाजित बनेपछि विवादित बनेको प्रदेश लगानी सम्मेलन सरकारले नै गर्ने मुख्यमन्त्री हिक्मत कुमार कार्क...
विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्की र उनको मन्त्रिमण्डलको चरम वेवास्ताले कोशी प्रदेशको दलित अधिकार विधेयकको काम अघि बढ्नै सकेको छैन । सामाजिक विकास मन्त्रालयले विधेयक न...
विराटनगर । मोरङको कटहरी–५ देखि विराटनगर–२ को हनुमान मन्दिरसम्म जोड्ने बाटो निर्माणको ठेक्का लिएर कान्छाराम कन्स्ट्रक्सनले चार वर्षदेखि अलपत्र छाडेको छ । थलाहाब...
विराटनगर । अन्तराष्ट्रिय अनलाइन जुवा खेलमा नेपालमै बसेर सहजीकरण गर्ने दुई जना मोरङको पथरीबाट पक्राउ परेका छन् । उनीहरू बारे साइबर ब्युरोको सहयोगमा अनुसन्धान गरिने भएको छ । पथरीश...
विराटनगर । अघोषित र अनियमित विद्युत आपूर्तिले उत्पन्न भएको अघोषित लोडसेडिङका कारण उद्योग व्यवसाय क्षेत्रमा उत्पन्न समस्याबारे उद्योगी व्यवसायीहरूले नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएका छन् । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीसहितको टोलीले बुधबार नेपाल विद्युत प्राधिकरणको कोशी प्रादेशिक कार्यालय विराटनगरका प्रमुख ई. मुनेन्द्र ठाकुरलाई भेटेर लोडसेडिङले उद्योग व्यवसायलाई परेको अप्ठ्यारोबारे ध्यानाकर्षण गराएका हुन् । नेपाल विद्युत प्रधिकरणले उद्योगमा थप समय विद्युत कटौती हुने गरी गरेको निर्णयमा पूर्वका उद्योगी व्यवसायीले आपत्ति जनाउँदै आएका छन् । प्राधिकरणको...
विराटनगर । औद्योगिक घराना काबरा ग्रुप अन्तर्गत गणपतलाल काबरा र उनका पुत्र श्याम काबराले सुनसरीको दुहबीमा मंगलबार एक सय भन्दा बढी स्थानीयबासीलाई न्यानो कपडा तथा खाद्य सामग्री प्रदान गरेका छन् । दुहबीस्थित क्वालिटी बिस्कुटको प्राङ्गणमा आयोजित एक कार्यक्रममा काबरा समूहका यी दुई सदस्यले ६० वर्षमाथिका सय जनाभन्दा बढी पाकाहरुलाई कम्बल, सारी, बिस्कुट, चाउचाउ र जुस प्रदान गरेका हुन् । उद्योगी गणपतलाल काबरा धार्मिक स्वभावका व्यक्ति हुन् । २२ वर्षयता हरेक वर्ष उनले स्थानीयबासीहरुलाई यसैगरी न्यानो कपडा, खाद्यान्न लगायतका सामग्रीहरु प्रदान गर्दै आइरहेका छन् । ‘हाम्रो उद्योग नजिकै रहेक...
काठमाडौँ, ३ पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय महाधिवेशन सम्पन्न गरेको छ महिनापछि पार्टीमा नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेको छ । पार्टीको स्थायी कमिटी बैठकले गरेको कार्यविभाजनमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए । सम्मानित नेता झलनाथ खनाललाई स्कुल विभाग प्रमुख, सङ्गठन विभाग प्रमुखमा बेदुराम भुसाल, विदेश विभाग प्रमुखमा प्रमेश हमाल, राजकीय मामिला विभाग प्रमुख घनेन्द्र बस्नेत, मोर्चा फाँट प्रमुखमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ । यसैगरी, पार्टी...
काठमाडौँ, ३ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टरार्ईले शिक्षकको मासिक तलब उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिइसकेको बताएकी छन् । बुधबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ‘विद्यालय शिक्षा विधेयक–२०८०’को छलफलमा उनले शिक्षकको नियमित रूपमा शिक्षकहरूलाई तलबको व्यवस्था गरिने बताइन् । । “३९ स्थानीय तहले शिक्षकको तलब नदिएको भन्ने मन्त्रालयमा गुनासो आएको थियो”, उनले भनिन्, “हामीले ती स्थानीय तहका प्रमुखलाई नियमित रूपमा तलबको व्यवस्था गर्न निर्देशन दिएका छौँ ।” साथै उनले विद्यालय शिक्षकको दरबन्दी पुनरावलोकन गरिने बताइ...
विराटनगर । नेपाल बिजनेस कलेज, विराटनगरले युनिक आइडिया एण्ड फिजिविलिटी विधा अन्तर्गत राष्ट्रियस्तरको आईटी प्रतियोगितामा उत्कृष्ट भई पचास हजार नगद जितेको छ । काठमाडौंमा सम्पन्न तेस्रो संस्करणको कोडफेस्ट, ह्याकथन सो प्रतियोगितामा कोशी प्रदेशलाई प्रतिनिधित्व गर्दै नेपाल बिजनेस कलेज, विराटनगरले सो उपाधि हात पारेको हो । मंसिर २८–३० गतेसम्म तीनदिन काठमाडौंमा सम्पन्न उक्त ह्याकथनमा नेपाल बिजनेस कलेजबाट बीआइटीमा अध्ययनरत बिद्यार्थीहरु क्रमशः जितेन मण्डल, अबुजर खान, रुजल बानिया र ओसामाले प्रतिनिधित्व गरेका थिए । बिद्यार्थीहरुलाई उक्त प्रतिस्पर्धाका लागि बीआईट...
काठमाडौँ, ३० मङ्सिर । सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने भएको छ । यही मार्च २१ र २२ अर्थात् चैत ८ र ९ गते हुने सम्मेलनमा विश्वका विभिन्न देशका क्यान्सर रोग विशेषज्ञहरूको सहभागिता रहनेछ । सम्मेलनका निर्देशक तथा विनयतारा फाउन्डेसनका अध्यक्ष डा विनय शाहले सम्मेलनमा अमेरिका, भारत, बङ्गलादेश, नेपालका क्यान्सर रोग विशेषज्ञ र यसको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र सरोकारवालाहरू सहभागी हुने जानकारी गराए । विश्वभर क्यान्सर उपचारमा भइरहेका नयाँ प्रगति, प्रविधि, अनुसन्धान र चिकित्सकहरूका अनुभवहरू सम्मेलनमा समेटिने आयोजकले जनाएको छ । शाहले भने, “दुई दिन चल्ने...
विराटनगर । विराटनगर फुटसल लिगमा एबी ५ एफसीले सानदार प्रदर्शन गर्दै स्टार ब्वाइज एफसीलाई ४–० ले पराजित गरेको छ । विराटनगर फुटसल लिगको आठौं चरणका रोमाञ्चक खेलहरूमध्ये एबी ५ एफसीले आफ्नो सानदार लयलाई कायमै राखेको हो । लिगमा क्लासिको एफसीले विराटनगर स्पोट्र्स एकेडेमीलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ भने रियुनाइटेड एफसीले अपटाउन एफसीलाई ४–३ को साँघुरो अन्तरले पराजित गरेको छ । आठौं चरणको खेलपछि अंक तालिकामा केही परिवर्तन भएको छ । एबी ५ एफसी २४ अंकका साथ शीर्ष स्थानमा कायम रहेको छ । स्टार ब्वाइज एफसी १५ अंकका साथ दोस्रो स्थानमा छ । अपटाउन एफसी १३ अं...
इटहरी । गजलकार कृष्ण काश्यपको गजलसङ्ग्रह शराबमाथि विमर्श तथा गजल वाचन कार्यक्रमको आयोजना गरिएको छ । क्यानभास साहित्य समाजको आयोजना तथा मासङ्गीत साधना प्रतिष्ठान नेपालको सहकार्यमा शनिबार कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काश्यपको गजलसङ्ग्रह सराब माथि गजलकार तथा कवि टीका आत्रेय र सुरेश सुवेदीले टिप्पणी राखेका थिए । आत्रेयले गजललाई शील्पमा ढाल्ने काम गरिनु सबल पक्ष रहेको बताइन् । विषय विविधताका दृष्टिकोणमा कलात्मक गजल छन्,’ आत्रेयले भनिन्, गजल लेख्दा पनि अनुभूति हुनुपर्दोरहेछ । यो सङ्ग्रहमा पनि अनुभूतिसहित लेखिएको छ ।’ अर्का वक्ता सुवेदीले गजल सिद्धान्तभित्र रहेर...
काठमाडौँ, २७ मङ्सिर । पछिल्लो समय जलवायु परिवर्तनले निम्ताउँदै गरेको सङ्कट न्यूनीकरणका लागि सहकार्य आवश्यक रहेकामा सरोकार भएकाहरूले जोड दिएका छन् । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा काठमाडौँमा आयोजित दुई दिने राष्ट्रिय गोष्ठीअन्तर्गत आज दोस्रो दिनको सत्रमा सहभागी विभिन्न सरोकार भएका निकायका प्रतिनिधिले हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलन गर्न सहकार्य आवश्यक रहेकामा जोड दिएका हुन् । वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखाका प्रमुख डा सिन्धुप्रसाद ढुङ्गानाले सबै सरोकार भएका निकायसँग सहकार्य र समन्वय गरी जलवायु परिवर्तनको असर न्यूनीकरण र अ...
काठमाडौँ, ३० मङ्सिर । गत दसैँदेखि मङ्सिरसम्म नेपाली चलचित्र प्रदर्शनमा भिडभाड देखिए पनि चिसो बढेसँगै कमी आएको छ । विदेशी चलचित्रको प्रभाव, चिसो अत्यधिक भएकाले पुसमा कम नेपाली चलचित्र प्रदर्शन हुने गर्दछन् । यसपटक पुस ५ गते ‘बम बहादुर’ र २६ गते ‘कार्साङ’ प्रदर्शन हुने घोषणा गरिएको छ । गतवर्ष विसं २०८० को पुसमा एक मात्र नेपाली चलचित्र प्रदर्शन हुँदा यसपटक दुई भएको छ । यसअघि सातामा दुईदेखि तीन चलचित्रसम्म प्रदर्शन गर्ने निर्माताले पुसलाई खासै रोजाइमा पारेका देखिँदैनन् । आगामी पुस ५ मा प्रदर्शन तय गरिएको चलचित्र ‘बम बहादुर’ मा भारतको दार्...
विराटनगर । विश्वको दोस्रो ठुलो अर्थतन्त्र सम्हालेको चीनको विकास अभूतपूर्व देखिन्छ । चीन अहिले विश्वभर आधुनिक विकासको मोडल पढाउने शक्ति राष्ट्रका उदाइरहेको छ । अत्याधुनिक सडक पूर्वाधार, शहरको विकास, रेल तथा द्रुत गतिको यातायात सेवामा चीनको फड्को लोभलाग्दो देखिन्छ । दक्षिण चीन अधिनस्थ मकाउमा भइरहेको विकासले त झन यतिबेला विश्वको ध्यान तानेको छ । निर्माणाधिन अवस्थामा रहेको मकाउको पुल अहिले विश्वभर चर्चामा रहेको छ । यहाँ मकाउ टावर, हेजिङ शहर, साइ भान ब्रिज, ताइपा आइसल्याण्ड, मकाउ शहर र मेनल्याण्ड जोड्ने पुल लगायतका ठुला ठुला पूर्वाधारले मकाउको विकासको गतिलाई दर्शाउँछ । मक...
काठमाडौँ, ३ मङ्सिर । हिमालकै समीपमा उभिएको महसुस हुँदा कसको मन नरमाउला र ? पाथीभरा भगवती मन्दिर पुग्ने जो सुकैले यसैगरी हिमालको छेउमा उभिएको महसुस् गर्न सक्छन् । धार्मिक मान्यताअनुसार पाथीभरा भगवतीले भक्तको इच्छा पूर्ति गर्दिन्छिन् । मागेको कुरा पुग्ने जनविश्वास पनि छ । ताप्लेजुङ जिल्लास्थित पाथीभरा पर्वतको शीखरमा अवस्थित प्रसिद्ध तीर्थस्थल हो, पाथीभरा । यहाँ धार्मिक पर्यटकको मात्र घुइँचो लाग्ने गरेको छैन्, मनोरम प्राकृतिक दृश्यावलोकन गर्नेहरुको पनि त्यतिकै घुइँचो लाग्ने गरेको छ । आस्था र विश्वासको महत्वपूर्ण धरोहरका रुपमा रहेको यो तीर्थस्थलमा एक पटक पुग्नै पर्ने मनोकांक्षा प...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved