विराटनगर । संकट र असहज परिस्थितिका बाबजुद हाम्रा महान् पर्वहरू तडकभडकबिना सादगीका साथ मनाउन नेपाल पुस्तक तथा शैक्षिक सामग्री (स्टेशनरी) व्यवसायी महासंघले आह्वान गरेको छ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, कोशी प्रदेश र जिल्ला शाखा मोरङको संयुक्त आयोजनामा विराटनगरमा आयोजित विजया दशमी, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान एवं समीक्षा कार्यक्रममा वक्ताहरूले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा भोटेकोशी र बूढीगण्डकी बाढीबाट प्रभावित भई संकटमा परेका रसुवा, नुवाकोट र धादिङका सात जना व्यवसायीहरूलाई केन्द्रीय कमिटीमार्फत सातवटै प्रदेशबाट संकलित करिब २५ लाख रुपैयाँ आर्थिक सहयोग हालै हस्तान्तरण गरिएको जानकारी गराइएको थियो ।
साथै, मोरङ जिल्ला शाखाले विपद्को समयमा नुवाकोट जिल्लाको खातामा सिधै राहत रकम पठाएर उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरिएको थियो ।
मोरङ जिल्ला अध्यक्ष दुर्गाप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेश अध्यक्ष माधव अधिकारीले विपद्को यस कठिन घड़ीमा सबै व्यवसायीहरू एकताबद्ध भई सेवाभावका साथ अगाडि बढ्नुपर्ने बताए ।
शुभकामना आदानप्रदानको यस अवसरमा कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष घनश्याम पोखरेल, उपाध्यक्ष तीर्थ भण्डारी, कोषाध्यक्ष दिनेश पन्त, पूर्व केन्द्रीय सदस्य मिलन लम्साल, केन्द्रीय सदस्य गंगाधर मैनाली, जिल्ला उपाध्यक्ष तथा कोशी प्रदेश सदस्य यतिराज पोखरेल, १ नम्बर इकाइ अध्यक्ष सुशील घिमिरे, २ नम्बर इकाइ अध्यक्ष नरेन राय, तथा मोरङ जिल्ला सचिव माधवप्रसाद बराल लगायतका पदाधिकारी एवं व्यवसायीहरूले मन्तव्य राखेका थिए ।
उनीहरूले हाम्रा मौलिक पर्वहरूले सम्पूर्ण नेपालीबीच आपसी एकता, भ्रातृत्व र देशको समृद्धिका लागि नयाँ ऊर्जा तथा आशीर्वाद प्रदान गरुन् भन्दै शुभकामना व्यक्त गरेका थिए ।
View : 294
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved