विराटनगर । नेपाली कांग्रेस विराटनगर वडा नं. ५ वडा समितिको आयोजनामा बडादशैं, तिहार, नेपाल संवत, छठको अवसरमा एक विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री डा. संग्रौलाले वर्तमान परिस्थितिमा नेपाली कांग्रेसलाई एकढिक्का बनाएर लैजानुको विकल्प नरहेको बताइन् ।
पार्टीभित्र आन्तरिक एकता कायम गर्दै अगाडि बढे मात्रै देश र जनताका आकांक्षाहरू पूरा गर्न सकिने धारणा उहाँले व्यक्त गरिन् ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले नेपाली कांग्रेस देशकै सबैभन्दा पुरानो र जिम्मेवार लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै देशको विकास, समृद्धि र आर्थिक स्थायित्वका लागि कांग्रेसको भूमिका सधैं अग्रणी रहने बताए ।
साथै, हाम्रा मौलिक पर्वहरूले सम्पूर्ण नेपालीबीच एकता, भ्रातृत्व र देशको समृद्धिका लागि नयाँ ऊर्जा तथा आशीर्वाद प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस मोरङ प्रतिनिधिसभा क्षेत्र नं. ६ का सभापति चुमनारायण तबदार, क्षेत्र नं. ६ (ख) का सभापति रामसुन्दर राजवंशी, विराटनगर वडा नं. ५ का वडाध्यक्ष सन्तोष न्यौपाने, तथा विराटनगरका पूर्व प्रमुख कार्यकारी अधिकृत एवम् कांग्रेस नेता गोपाल रेग्मी लगायतले मन्तव्य राखेका थिए ।
उक्त शुभकामना आदानप्रदान कार्यक्रममा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू चेतनाथ रेग्मी, जनार्दनराम निरौला, र लीला ढुंगेल, नेपाली कांग्रेस विराटनगर नगर सभापति कृष्ण कार्की, तथा तरुण दलका पूर्व केन्द्रीय सदस्य उद्धव कोइराला लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेस विराटनगर–५ का वडा सभापति सीताराम भट्टराईको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
View : 262
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved