विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपाने सर्वोत्कृष्ट जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख घोषित भएका छन् ।
नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (पोलिस ब्याटन) २०८३ अन्तर्गत पेशागत व्यावसायिकता, निष्ठा, मातहतका प्रहरी कार्यालयको परिचालन तथा कार्यकुशलतासहितका विभिन्न सूचकको मूल्याङ्कनका आधारमा न्यौपाने सर्वोत्कृष्ट घोषित भएका हुन् ।
यसैगरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ पनि कार्यदक्षता मूल्याङ्कनमा प्रथम भएको छ । उक्त उपलब्धिका लागि ७१औँ प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंमा आयोजित कार्यक्रममा कार्यालयले पोलिस ब्याटन प्राप्त गरेको हो ।
यस उपलब्धिले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ तथा मातहतका कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई थप जिम्मेवार, अनुशासित र निष्ठापूर्वक कर्तव्य निर्वाह गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको ट्राफिक प्रमुख न्यौपानेले बताए ।
View : 53
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved