Biratnagar, Morang, Nepal
२३ असोज २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

विराट मेडिकल कलेजमा फोहोर व्यवस्थापनसम्बन्धी तालिम

उद्‌घोष संवाददाता
२२ असोज २०८३, बिहिवार

Advertisement

विराटनगर । विराट मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले फोहोर व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ । 

अस्पतालको संक्रमण रोकथाम तथा नियन्त्रण विभागको आयोजनामा मंगलबार तालिम सञ्चालन गरिएको हो ।

तालिममा चिकित्साजन्य फोहोरको परिचय, प्रकार तथा वर्गीकरण, रङअनुसारका फोहोर राख्ने डस्टबिनको सही प्रयोग, संक्रामक तथा असंक्रामक फोहोरको उचित छुट्याउने तरिका लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

त्यसैगरी धारिला फोहोरको सुरक्षित व्यवस्थापन, प्वाल नपर्ने कन्टेनरको सही प्रयोग, सुईले घोच्ने चोटबाट बच्ने उपाय, रासायनिक, औषधिजन्य तथा रेडियोधर्मी फोहोरको सुरक्षित व्यवस्थापन लगायतका विषयमा जानकारी दिइएको थियो ।

तालिममा फोहोरको छुट्याउने, संकलन गर्ने, ओसारपसार गर्ने र अन्तिम व्यवस्थापन गर्ने मापदण्ड, स्वास्थ्यजन्य फोहोर व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्था तथा नियामक निकायका बारेमा समेत प्रशिक्षण दिइएको थियो ।

यस्तै, फोहोर व्यवस्थापनका क्रममा प्रयोग गर्नुपर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को सही प्रयोग, स्वास्थ्यकर्मी तथा वातावरणको सुरक्षा, साथै फोहोर व्यवस्थापनसम्बन्धी अभिलेखीकरण र प्रतिवेदन प्रणाली का विषयमा पनि सहभागीलाई जानकारी गराइएको थियो ।

अस्पतालबाट उत्पादन हुने फोहोरको उचित व्यवस्थापनमार्फत संक्रमणको जोखिम न्यूनीकरण गर्दै स्वास्थ्यकर्मी, बिरामी, समुदाय र वातावरणको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले तालिम आयोजना गरिएको जनाइएको छ ।

View : 27

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved