Biratnagar, Morang, Nepal
३ कार्तिक २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

क्रिकेट लिग-२: नेपाल छैटौं स्थानमा सुरक्षित, अन्तिम खेलमा १० रनको रोमाञ्चक जित

उद्‌घोष संवाददाता
२ कार्तिक २०८३, सोमवार

Advertisement

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ। ओमानमाथि १० रनकाे राेमाञ्चक जित निकालेपछि नेपालले अंक तालिकाकाे छैटौं स्थानमा सुरक्षित गर्दै लिग-२ टुंगाएकाे हाे ।

याे जितले नेपाल ३६ खेलमा ३० अङ्कसहित छैटौँ स्थानमा पुगेको छ। लिग–२ को शीर्ष–६ मा पर्ने टोलीले एकदिवसीय मान्यता कायमै राख्ने सम्भावना धेरै छ ।

यसअघि शीर्ष–४ को होडबाट बाहिरिइसकेको नेपाल सन् २०२७ को एकदिवसीय विश्वकपको छनोटमा सीधै पुग्न असफल भएको थियो । अब नेपालले विश्वकप छनोटमा स्थान बनाउन प्लेअफ खेल्नुपर्नेछ ।

जितका लागि पाएकाे २८१ रनकाे लक्ष्य पछ्याएकाे ओमानले ५० ओभरमा ७ विकेटको क्षतिमा २७० रन मात्रै बनाउन सक्याे। उसका जतिन्दर सिंह र हम्माद मिर्जाले अर्धशतकीय पारी खेले पनि जित दिलाउन सकेनन्। सिंहले सर्वाधिक ८९ तथा मिर्जाले ८७ रन बनाए ।

नेपालका दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले २/२ विकेट लिदा नन्दन यादब र कप्तान सन्दीप लामिछानेले १/१ विकेट हात पारे ।

यसअघि नेपालले घरेलु टोली ओमानलाई २८१ रनको लक्ष्य दिएको थियाे ।

अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनायो । नेपालका ३ जना खेलाडीले अर्धशतक बनाए । रोहित पौडेल ८०, दीपेन्द्रसिंह ऐरी ६९ र देव खनाल ५७ रन बनाएको आउट भए ।

आजकाे खेलमा दीपेन्द्र र रोहितले चौथो विकेटका लागि १३९ रनको कीर्तिमानी साझेदारी गरे । यसअघि भीम सार्की र गुल्सन झाले चाैथाे विकेटका लागि गरेकाे ९६ रनको साझेदारी आज ताेडियाे । ओमानका शाह फैसलले ५, जे ओदेद्राले ३ विकेट लिए ।

View : 48

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved