Biratnagar, Morang, Nepal
३ कार्तिक २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

नागढुंगा–नौबिसे सडकखण्डमा सवारीसाधनको आउजाउ पातलियो

२ कार्तिक २०८३, आइतवार

Advertisement

धादिङ । अष्टमी, दशैं मनाउन काठमाडौंबाट गाउँ फर्कनेहरूकाे क्रम जारी छ । तर, काठमाडौंबाट बाहिरिने पृथ्वी राजमार्गमा सवारीको चाप त्यत्ति छैन । 

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरिरहेका छन् त्यसले गर्दा नागढुंगा–नौबिसे सडकखण्डमा सवारीसाधनको आउजाउ पातलो छ । 

राजमार्गमा पर्ने मुख्य बजारका स्टाफ होटलबाहेक सामान्य खालका होटलहरु बन्द छन् । मलेखु आसपासका होटलमा यात्रुको संख्या बढी छ । 

मालबाहक ट्रकहरु फाटफुट मात्रै छन् । यात्रु बोक्ने हायस, निजी कार र हरियो नम्बर प्लेटका सवारी धेरै देखिन्छन् । मोटरसाइकल र स्कुटरहरु ग्रुप ग्रुपमा चलिरहेका छन् ।

नौबिसेदेखि मुग्लिनसम्म विस्तारको क्रममा रहेको सडकको अवस्था ठाउँ ठाउँमा जोखिमपूर्ण छ । दुई पाङ्ग्रे सवारीलाई अलि बढी सास्ती छ । धुलो मार्न ट्याङ्करले छ्यापेको पानीको चिप्लोमा पनि दुर्घटना हुने गरेको छ ।

View : 35

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved