Biratnagar, Morang, Nepal
२ कार्तिक २०८३, आइतवार
+977 21 450305, 515728, 578305
समाज

साजन पार्टी प्यालेसमा शुभकामना आदान-प्रदान

उद्‌घोष संवाददाता
१ कार्तिक २०८३, शनिवार

Advertisement

विराटनगर । विराटनगर-३ पिपलचोकस्थित ओम साजन पार्टी प्यालेसले विजया दशमी, दिपावली तथा छठ पर्वका अवसरमा शनिबार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

पार्टी प्यालेसका सञ्चालक साजन कामतको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सांसद भीम पराजुली, नेपाली कांग्रेस विराटनगर महानगर सभापति कृष्ण कार्की, समाजसेवी सुनिल पौडेल, व्यवसायी शेखरनाथ उप्रेती,सरलराज पोखरेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा स्थानीय समाजसेवी, राजनीतिक दलका नेता लगायत विभिन्न क्षेत्रबाट सहभागिता रहेको थियो ।

बरगाछीमा सञ्चालित ओम साजन पार्टी प्यालेसले गत बर्षदेखि पिपलचोकमा नयाँ शाखा विस्तार गरेर व्यवसाय गर्दै आएको छ ।

View : 55

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved