Biratnagar, Morang, Nepal
३ कार्तिक २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

इनरूवाबाट ९१५ किलाे गाँजासहित ४ जना पक्राउ

उद्‌घोष संवाददाता
२ कार्तिक २०८३, आइतवार

Advertisement

विराटनगर । सुनसरीको इनरूवाबाट ९१५ किलाे गाँजासहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इनरूवा-४ का बुलबुल यादवसहित सन्तोष यादव, आशिष यादव र दुहबी-१० का कुन्दन यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

इनरूवा नगरपालिका-४ हनुमान मन्दिर नजिक ज्ञानोदय टोलमा रहेको बुलबुल यादवको घरमा लागूऔषध गाँजा बिक्री वितरण भईरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले खानतलासी गरेकाे थियाे ।

साे क्रममा घरकाेठामा लुकाएर राखिएको ९१५.६८ किलो गाँजा बरामद भएकाे प्रहरीले जनाएको छ ।

प्रहरीले माेटरसाइकलसहित चारैजनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ ।

View : 36

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved