Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी
एमाले तेह्रथुमको अध्यक्षमा ढुंगाना
उद्घोष सम्वाददाता ७ मंसिर २०८१, शुक्रवार

विराटनगर । नेकपा एमाले तेह्रथुमको १२ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा शिव प्रसाद ढुंगाना निर्वाचित भएका छन् । उनले गोविन्दराज श्रेष्ठलाई ३२ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । ढुंगाना र श्रेष्ठ प्यानलै बनाएर चुनाव लडेका थिए । अध्यक्ष बाहेक ढुंगानाको प्यानलले खुला उपसचिव पनि जितेको छ ।  उपाध्यक्षमा दुवै प्यानलबाट साझा उम्मेदवार बनेका सन्तोष तिगेला सर्वसम्मत निर्वाचित भएका छन् ।  सचिवमा भने श्रेष्ठ प्यानलका तारामान मादेन निर्वाचित भएका छन् । मादेनले ढुंगाना प्यानलका छत्र प्रसाद रिमाल पराजितलाई २६ मतले पराजित गरेका हुन् । मादेनले २२६ र रिमालले २०२ मत प्राप्त गरेक...

समाज
उत्कृष्ट करदाता सम्मानित
उद्घोष सम्वाददाता ७ मंसिर २०८१, शुक्रवार

भद्रपुर, ७ मङ्सिर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आज कर सप्ताह समापनको अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।  कार्यालयको क्षेत्राधिकरभित्र रहेका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका उत्कृष्ट करदाता सम्मानित भएका हुन् । झापाबाट मेची दृष्टि आई अस्पिटल एण्ड रिसर्च सेन्टर पालि बिर्तामोड, इलामबाट फिक्कल उत्तम स्टोर, पाँचथरबाट श्री केश्रड एण्ड एशोसिएट्स रजिष्टर्ड अडिटर्स र ताप्लेजुङबाट अनिमेश इन्टरप्राजेजलाई सम्मान गरिएको छ । कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेका अनुसार कर सप्ताह अवधिभर कार्यालयले कर प्रशासनसँग सम्बन्धित करदाता शिक्षा, सरोकारवालासँग अन्तरक्रिया, जनच...

राजनीति
एमाले तेह्रथुमको अध्यक्षमा ढुंगाना
उद्घोष सम्वाददाता ७ मंसिर २०८१, शुक्रवार

विराटनगर । नेकपा एमाले तेह्रथुमको १२ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा शिव प्रसाद ढुंगाना निर्वाचित भएका छन् । उनले गोविन्दराज श्रेष्ठलाई ३२ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । ढुंगाना र श्रेष्ठ प्यानलै बनाएर चुनाव लडेका थिए । अध्यक्ष बाहेक ढुंगानाको प्यानलले खुला उपसचिव पनि जितेको छ ।  उपाध्यक्षमा दुवै प्यानलबाट साझा उम्मेदवार बनेका सन्तोष तिगेला सर्वसम्मत निर्वाचित भएका छन् ।  सचिवमा भने श्रेष्ठ प्यानलका तारामान मादेन निर्वाचित भएका छन् । मादेनले ढुंगाना प्यानलका छत्र प्रसाद रिमाल पराजितलाई २६ मतले पराजित गरेका हुन् । मादेनले २२६ र रिमालले २०२ मत प्राप्त गरेक...

राष्ट्रिय
राष्ट्रलाई भ्रममा पार्ने षडयन्त्रका विरुद्ध एमालेको जागरणसभा : महासचिव पोखरेल
उद्घोष सम्वाददाता ७ मंसिर २०८१, शुक्रवार

काठमाडौँ, ७ मङ्सिर । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राष्ट्रलाई भ्रममा पार्ने षडयन्त्रका विरुद्ध एमालले जागरणसभा आयोजना गरेको बताएका छन् ।  नेकपा एमाले काठमाडौँ, ललितपुर र भक्तपुर तीन वटा जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले अनावश्यक षडयन्त्रलाई चिर्न जागरणसभा आयोजना गरेको स्पष्ट पारे । उनले देशका प्रमुख दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर राष्ट्रलाई राजनीतिक निकास दिन लागेका बेला विभिन्न षडयन्त्र भइरहेकोतर्फ सचेत हुन आग्रह गरे ।  राष्ट्र र राष्ट्रियताका पक्षमा उभिएकै कारण एमाले माथि आक्रमण भएको उल्लेख गर्दै महासचिव पोखर...

आर्थिक
सुकुटी बेचेर मासिक दुई लाख आर्जन
उद्घोष सम्वाददाता ७ मंसिर २०८१, शुक्रवार

बेलबारी, ७ मङ्सिर ।  बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् । राँगाको मासुबाट यहाँ बनाइने सुकुटीको माग स्वदेशमा मात्र नभई विदेशमा पनि बढेपछि सुकुटीको व्यापार फस्टाएको  हो ।  विदेशको लोभलाग्दो कमाइ छोडेर स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यले लक्ष्मीमार्गका केही युवाले सुरु गरेको सुकुटी पसलले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ । छ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा कतार बसेर आएका प्रेम श्रेष्ठले करिब १० वर्षदेखि लक्ष्मीमार्गमा सुकुटी व्यवसाय गर्दै आएका छन् । सुकुटीको माग दैनिक बढेसँगै पेसाप्रति सन्तुष्टि रहेको उनले बताए ।  रोजगारीको सिलसिला...

शिक्षा
प्राध्यापक भक्तिप्रसाद पौडेलको निधन
उद्घोष सम्वाददाता ६ मंसिर २०८१, बिहिवार

विराटनगर । त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस विराटनगरका पूर्व सभापति  भक्तिप्रसाद पौडेलको ६९ वर्षको उमेरमा निधन भएको छ । पार्किन्सन रोगबाट पीडित पौडेलको विराटनगर–३ राजवंशीचोक स्थित आफ्नै घरमा बिहीबार निधन भएको हो । महेन्द्र मोरङ क्याम्पसमा लामो समय प्राध्यापन गरेका नेपाली विषयका प्राध्यापक पौडेल ६ वर्षअघि उमेरका कारण सेवाबाट अनिवार्य अवकाश भएका थिए ।  स्वर्गीय पौडेलको अन्तिम संस्कार बिहीबार नै विराटनगरको परोपकार घाटमा गरिएको उनका भाइ प्राडा बलराम पौडेलले बताए ।   स्वर्गीय पौडेलकी श्रीमती सावित्रा, दुई छोरा निरज र निवन्ध र एक छोरी नीलम छन् ।

स्वास्थ्य
पूर्वाञ्चल विश्वविद्यालयका चिकित्सकद्वारा स्थायित्वको माग
५ मंसिर २०८१, बुधवार

  विराटनगर  पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत चिकित्सकहरुको आफ्नो  स्थायित्व र सेवा सुविधाका लागि  उपकुलपति प्राडा विजुकुमार थपलिया, रजिस्ट्रार नीलमणी पोखरेल र अस्पताल निर्देशक डा शशी शर्मासँँग माग गरेका छन् ।   मंगलवार गोठगाउँस्थित उपकुलपतिको कार्यालयमा  गएको चिकित्सकहरुको टोलीले सो माग गरेका हो ।   पुर्वाञ्चल विश्वविद्यालय परिसरमा रहेको पूवि शिक्षण अस्पतालमा कार्यरत  चिकित्सकहरुले  लामो समयदेखि दैनिक ज्यालादारीमा कार्यरत रही  सेवा दिइरहेका र यसले गर्दा रोजगार सुरक्षित नभएको तथा अन्य सुविधा तथा अवसरहरुबाट बञ्चित हुनुपरेकाले  सो मा...

खेलकुद
‘मेरो गोल, लैङ्गिक हिङ्साविरुद्धको बोल’ नारासहित हलेसीमा महिला फुटबल प्रतियोगिता
उद्घोष सम्वाददाता ७ मंसिर २०८१, शुक्रवार

खोटाङ, ७ मङ्सिर । हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुला महिला फुटबल प्रतियोगितामा १७ टोली सहभागी हुने भएका छन् । लैङ्गिक हिङ्साविरुद्धको १६ दिने अभियानको अवसर पारेर नगरपालिकाले आयोजना गरेको महिला फुटबल प्रतियोगितामा सहभागी हुन विभिन्न जिल्लाका १७ टोलीले नाम दर्ता गरेका हुन् । ‘मेरो गोल, लैङ्गिक हिंसाविरुद्धको बोल’ भन्ने नारासहित नगरपालिकाले आयोजना गरेको महिला फुटबल प्रतियोगिताको पुरस्कार राशि एक लाख १० हजार एक सय ११ छ । जिल्लामा यसअघि आयोजना गरिएको महिला फुटबल प्रतियोगिताको पुरस्कार राशिभन्दा हलेसीमा आयोजना गरिएको प्रतियोगिताको पुरस्कार राशि सर्वाधिक हो ।  प्रतियोग...

साहित्य
डा तिमल्सेनाको लेख संग्रह विमोचन
६ मंसिर २०८१, बिहिवार

विराटनगर । महेन्द्र मोरङ क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा बाबुराम तिमल्सेनाद्वारा लेखिएका लेखहरूको संग्रह ‘ज्ञानपिपासु यात्रा’ बिहीबार एक कार्यक्रमका बिमोचन गरिएको छ ।  उद्घोष दैनिकका स्तम्भकार समेत रहेका डा तिमल्सेनाले उद्घोष दैनिकमै लेखेका २० लेखहरू संग्रहित छन् ।  प्राध्यापक कृष्ण पोखरेल, उद्घोष दैनिकका सम्पादक मोहन भण्डारी, प्राध्यापक कविराज न्यौपाने, नेपाल लेखक संघ कोशीका अध्यक्ष गोकुल अधिकारी, उपप्राध्यापक अनिल अधिकारी, पुस्तक व्यवसायी संघ कोशी प्रदेशका   वरिष्ठ   उपाध्यक्ष माधव अधिकारीले संयुक्त रुपमा लेख संग्रहको विमोचन गरेका हुन् ।...

वातावरण
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
उद्घोष सम्वाददाता ६ मंसिर २०८१, बिहिवार

काठमाडौँ, ६ मङ्सिर । पश्चिम नेपालको अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर १३ मिनेटमा कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर चार दशमवल दुई रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत कात्तिक २२ गते दोलखाको ओराङ आसपास केन्द्रविन्दू भएर चार दशमलव पाँच रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ । रासस

मनोरञ्जन
हिटमा ह्याट्रिकपछि अब ‘डोरी’ मा अञ्जना
उद्घोष सम्वाददाता ३ मंसिर २०८१, सोमवार

विराटनगर । ‘घुमी घुमी’ गीतमा अभिनय गरेपछि चर्चामा आएकी अभिनेत्री अञ्जना बराइलीलाई पहिलो फिल्म ‘महापुरुष’ बाटै सफलता मिल्यो । यसपछि ‘पूजार सार्की’ र यतिबेला प्रदर्शनरत ‘पूर्ण बहादुरको सारङ्गी’ ले पनि सफलता प्राप्त गरेपछि उनको हिटमा ‘ह्याट्रिक’ पूरा भएको छ । लगातार तीन फिल्म सफल हुँदा उनी ‘डिमान्डेड’ बनेकी छन् । एकपछि अर्को फिल्म उनको हातमा परिरहेको छ । यसबीचमा अञ्जना नयाँ फिल्म ‘डोरी’ मा आबद्ध भएकी छन् । उनीसँग निर्माताले यसै साता कागजी सम्झौता गरेका हुन् ।  उनीसँगै फिल्ममा प्रकाश घिमिरेलाई पनि अनु...

अन्तर्राष्ट्रिय
पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु सात प्रहरी अपहरण
उद्घोष सम्वाददाता ४ मंसिर २०८१, मङ्गलवार

पेसावर, ४ मङ्सिर । उत्तरपश्चिम पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु हुनुका साथै सात जना प्रहरी अपहरणमा परेको प्रहरी तथा गुप्तचर अधिकारीलाई उदृत गर्दै एएफपीले मङ्गलबार जनाएको छ । खैबर–पख्तुनख्वा प्रान्तको तिराह क्षेत्रमा भएको झडपमा “आठ सैनिक“ र “नौ आतङ्कवादी“ मारिएको एकजना गुप्तचर अधिकारीले नाम न छाप्ने सर्तमा बताएका छन् ।  पाकिस्तानी तालिबान (टिटिपी) ले यस घटनाको जिम्मेवारी लिएको छ । तालिबानले प्रान्तमा भएको छुट्टै आक्रमणमा, एउटै चौकीका “सात जना प्रहरी अधिकारीहरू अपहरण गरेको वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।  अधिकारीका अनुसार...

प्रविधि
लिट्मस केबल्स र सनम मुलगुठीबीच सहकार्य
उद्घोष सम्वाददाता ४ मंसिर २०८१, मङ्गलवार

विराटनगर । नेपालकै प्रमुख तार, केबल तथा कन्डक्टर उत्पादक कम्पनी लिट्मस इन्डस्ट्रिज लिमिटेडले चर्चित खेलाडी, व्यक्तिगत तथा फिटनेस प्रशिक्षक सनम मुलगुठीसँग सहकार्य गरेको छ । १५औं वर्ल्ड बडीबिल्डिङ एन्ड फिजिक च्याम्पियनसिप २०२४ की रजत पदक विजेता सनमसँग कम्पनीले सहकार्य गरेको हो । सहकार्यपछि अब सनम लिट्मस कम्पनीको व्यावसायिक प्रवर्द्धनमा सहभागी देखिने छिन् । सहकार्यबारे बोल्दै लिट्मस इन्डस्ट्रिजकी मार्केटिङ तथा बिजनेस डेभलप्मेन्ट निर्देशक साक्षी गुप्ताले सनमको अटल समर्पणजस्तै कम्पनीले निर्माण गर्ने हरेक तार र केबलले भरोसा र सबलताको पहिचान दिने बताइन् । कम्पनीसँग अनुबन्ध भएकी सनम मुलगुठीका हा...

विचार
विचार:धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम उपहार पाथीभरा
उद्घोष सम्वाददाता ३ मंसिर २०८१, सोमवार

काठमाडौँ, ३ मङ्सिर । हिमालकै समीपमा उभिएको महसुस हुँदा कसको मन नरमाउला र ? पाथीभरा भगवती मन्दिर पुग्ने जो सुकैले यसैगरी हिमालको छेउमा उभिएको महसुस् गर्न सक्छन् । धार्मिक मान्यताअनुसार पाथीभरा भगवतीले भक्तको इच्छा पूर्ति गर्दिन्छिन् ।  मागेको कुरा पुग्ने जनविश्वास पनि छ । ताप्लेजुङ जिल्लास्थित पाथीभरा पर्वतको शीखरमा अवस्थित प्रसिद्ध तीर्थस्थल हो, पाथीभरा । यहाँ धार्मिक पर्यटकको मात्र घुइँचो लाग्ने गरेको छैन्, मनोरम प्राकृतिक दृश्यावलोकन गर्नेहरुको पनि त्यतिकै घुइँचो लाग्ने गरेको छ ।  आस्था र विश्वासको महत्वपूर्ण धरोहरका रुपमा रहेको यो तीर्थस्थलमा एक पटक पुग्नै पर्ने मनोकांक्षा प...

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved