भद्रपुर, ६ मङ्सिर । झापामा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा पुँजीगत खर्च निरासाजनक देखिएको छ । जिल्लामा सात दशमलव ३४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका कार्यालय प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार जिल्लाको पुँजीगततर्फ १० अर्ब २८ करोड चार लाख विनियोजन भएकामा कात्तिक मसान्तसम्म ७५ करोड ४८ लाख खर्च भएको छ ।
“चालुतर्फ विनियोजित १५ अर्ब ८८ करोड ३८ लाख ९२ हजार मध्ये २९ दशमलव २२ अर्थात् चार अर्ब ६४ करोड १७ लाख खर्च भएको छ”, उनले भने ।
समग्रमा चालु आब २०८१/८२ को कात्तिक मसान्तसम्म जम्मा २० दशमलव ६३ प्रतिशत अर्थात् पाँच अर्ब ३९ करोड ६५ लाख ६१ हजार खर्च भएको प्रमुख कोष नियन्त्रक भण्डारीले बताए । उनका अनुसार समयमै बजेट निकासा हुँदा पनि जिल्लास्थित सङ्घीय कार्यालय तथा स्थानीय तहहरुले अपेक्षित पुँजीगत बजेट खर्च गर्न सकेन्न ।
कार्यालयको तथ्याङ्क अनुसार चालु आव २०८१/८२ को पहिलो चौमासिकमा जिल्लाभर ६ अर्ब एक करोड ९८ लाख ८६ हजार राजश्व सङ्कलन भएको छ । सो अवधिमा सबैभन्दा धेरै मेची भन्सार कार्यालय काँकरभिट्टाले चार अर्ब ६२ करोड ८४ लाख राजश्व सङ्कलन गरेको छ । रासस
View : 299
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved