Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

काँकडभिट्टामा पहिलो रिडर्स फेस्टिवलको तयारी

उद्‌घोष संवाददाता
६ मंसिर २०८१, बिहिवार

झापा । रिडर्स फेस्टिवलको पहिलो संस्करण मंसिर अन्तिम साता झापाको काँकडभिट्टामा हुने भएको छ ।

पठन संस्कृतिको विकास गर्ने हेतुले स्थापित रिडर्स अभियान नेपालले मंसिर २७, २८ र २९ मा पहिलो फेस्टिवल आयोजना गर्न लागेको हो । अभियानका अध्यक्ष सन्तोष आचार्यले दिएको जानकारी अनुसार फेस्टिवलको तीन दिन विभिन्न पुस्तकका लेखक र पाठकहरुले सघन अन्तरक्रिया गर्नेछन् ।

‘नेपालमा भइरहेका कला–साहित्य उत्सवहरुको अहिलेसम्मको चलन हेर्दा लेखक बढी बोल्ने, पाठकले सुन्ने हुँदै आएको देखिएको छ’, अध्यक्ष आचार्यले भने ‘हाम्रो फेस्टिवलमा लेखकभन्दा पाठकहरु बढी प्राथमिकतामा हुनेछन् ।’

झापाको पूर्वी सीमा सहर काँकडभिट्टामा हुन लागेको रिडर्स फेस्टिवलमा कोशी प्रदेशदेखि नेपालका विभिन्न भागबाट लेखक तथा पाठकहरु सहभागी हुनेछन् ।

‘लेखन–पठन तथा चिन्तनका विभिन्न विषयमा विमर्शहरु पनि हुनेछन्’, आचार्यले थपे ‘पठन संस्कृतिको विकास र प्रबर्धनका लागि लक्षित क्षेत्र र वर्ग भनेकै विद्यार्थीहरु हुन् ।

उनीहरुमा सुरुदेखि नै अध्ययन संस्कृति विकास गर्न सकियो भने मात्र पठन संस्कृतिको विकास सम्भव हुन्छ ।’ 

तीन दिने उत्सवमा परिवर्तित अध्ययन शैली र पठन संस्कृतिलाई उत्प्रेरित र प्रोत्साहित गर्ने गरी मावि तथा क्याम्पस स्तरका विद्यार्थी र खुल्ला रुपमा अनौपचारिक अध्ययनमा लागेकाहरुलाई समेटेर फेस्टिवलमा प्रतिस्प्रधात्मक प्रस्तुती हुने आचार्यले जानकारी दिए ।

View : 372

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved