विराटनगर । विराटनगर—८ स्थित सुशिक्षा निकुञ्ज आधारभूत विद्यालयमा मन्टेश्वरीका लागि भौतिक संरचना निर्माण हुने भएको छ । विराटनगर वडा नम्बर ८, विद्यालय र राउण्ड टेवल—५ बीच भौतिक निर्माण गर्ने विषयमा त्रिपक्षीय सम्झौता भएको हो ।
महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा वडाध्यक्ष राम पोखरेल, विद्यालयका प्रधानाध्यापक चक्र पोखरेल र राउण्ड टेवलका तर्फबाट अध्यक्ष पियुष लुनिया र सचिव राजन भगतले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
१५ लाख रुपैयाँ लागत अनुमान गरिएकोमा ८ नम्बर वडाले २५ प्रतिशत र बाँकी रकम राउण्ड टेवल—५ ले व्यहोर्ने सम्झौतामा उल्लेख छ । भौतिक संरचना निर्माणका लागि राउण्ड टेवलले १३ लाख रुपैयाँले व्यहोर्नेछ ।
एक महिनाभित्र निर्माण सम्पन्न गरी वडा कार्यालयलाई हस्तान्तरण गरिने र राउण्ड टेवल—५ का अध्यक्ष पियुष लुनियाले जानकारी दिए । राउण्ड टेवलले सो विद्यालयको बगैंचा निर्माण र रङरोगनसमेत गर्नेछ ।
यसअघि विद्यालयको भवन निर्माण, कम्प्युटर ल्याब, कक्षाकोठालगायत निर्माण गरेको थियो । त्यस्तै सो विद्यालयका विद्यार्थीलाई पोशाक वितरणसँगै खाजाको समेत व्यवस्था मिलाउँदै आएको छ ।
View : 20
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved