विराटनगर । विराटनगरका नवलप्रसाद उपाध्याय स्काउटको एशिया प्रशान्त क्षेत्रीय समिति अन्तर्गत बिबिधतका बीच एकता भन्ने विषयको कार्यक्रमका लागि ताइवान प्रस्थान गरेका छन् ।
आइतबारदेखि बुधबारसम्म (मंसिर ९ देखि १२ गतेसम्म) ताइवानको कावहसिउङमा हुने सो कार्यक्रममा आयोजकको तर्फबाट उपाध्याय त्यसतर्फ प्रस्थान गरेका हुन् । उपाध्याय स्काउटको २७ देश सम्मिलित एशिया–प्रशान्त उपसमितिका सदस्य हुन् ।
स्काउटले ११देखि १६ वर्षका छात्राछात्राको लागि अनुशासन र शाहसिक कार्यका लागि सेवाका कार्यहरु गर्दै आएको छ ।
एउटै कक्षा कोठामा विभिन्न धर्म, वर्ग,वर्ण,जात, लिङ्गलगायतका विद्यार्थी बस्ने भएकोले यस्ता विविधताका बीच एकता कायम गरी विश्व शान्ति ल्याउने जोड अनुसार स्काउटको कार्यक्रम हुन गई रहेको उपाध्यायले बताए ।
विराटनगरस्थित डिग्री क्याम्पसका ज्याम्बो रेट हुने भएको छ । कोशी प्रदेशमा स्काउटका प्रमुख आयुक्त हेमन्त भण्डारीका अनुसार आगामी माघमा सो कार्यक्रम हुनेछ ।
प्रदेश स्काउट अधिकृत नवराज घिमिरेले प्रदेशका १३७ पालिका मध्ये ८७ पालिकामा स्काउटका विद्यालयस्तरीय दल छन् ।
View : 29
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved