Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
प्रविधि

लिट्मस केबल्स र सनम मुलगुठीबीच सहकार्य

उद्घोष सम्वाददाता
४ मंसिर २०८१, मङ्गलवार

विराटनगर । नेपालकै प्रमुख तार, केबल तथा कन्डक्टर उत्पादक कम्पनी लिट्मस इन्डस्ट्रिज लिमिटेडले चर्चित खेलाडी, व्यक्तिगत तथा फिटनेस प्रशिक्षक सनम मुलगुठीसँग सहकार्य गरेको छ । १५औं वर्ल्ड बडीबिल्डिङ एन्ड फिजिक च्याम्पियनसिप २०२४ की रजत पदक विजेता सनमसँग कम्पनीले सहकार्य गरेको हो ।

सहकार्यपछि अब सनम लिट्मस कम्पनीको व्यावसायिक प्रवर्द्धनमा सहभागी देखिने छिन् । सहकार्यबारे बोल्दै लिट्मस इन्डस्ट्रिजकी मार्केटिङ तथा बिजनेस डेभलप्मेन्ट निर्देशक साक्षी गुप्ताले सनमको अटल समर्पणजस्तै कम्पनीले निर्माण गर्ने हरेक तार र केबलले भरोसा र सबलताको पहिचान दिने बताइन् ।

कम्पनीसँग अनुबन्ध भएकी सनम मुलगुठीका हालै सम्पन्न १५ औं वर्ल्ड बडीबिल्डिङ एन्ड फिजिक च्याम्पियनसिप २०२४ की रजत पदक बिजेता खेलाडी हुन् । उनले नेपालमा आयोजित ५५ औं एसियन बडीबिल्डिङ च्याम्पियनसिप २०२३ मा स्वर्ण पदक जितेकी थिइन् ।

खेलाडी अुनबन्ध गर्ने लिट्मस इण्डस्ट्रिज नेपालको प्रमुख उच्च–गुणस्तरीय तार, केबल तथा कन्डक्टर उत्पादक कम्पनी हो ।

View : 24

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved