विराटनगर । विराटनगर महानगरपालिकाअन्तर्गतको खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समितिले विभिन्न स्थानबाट टेलिस्कोपमार्फत सूर्यको अवलोकन गराएको छ ।
विद्यार्थीलाई विज्ञान र प्रविधिका साथै खगोल तथा अन्तरिक्ष विज्ञानमा चासो बढाउने उद्देश्यले समितिले टेलिस्कोपमार्फत सूर्यको अवलोकन गराएको हो ।
महानगर परिसरमा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले टेलिस्कोपमार्फत सूर्यको अवलोकन गरे ।
महानगरपालिका परिसर, पुष्पलालचोक, नहर चोक, जामा मस्जिद रानी, ट्राफिक चोक, बालउद्यान पार्कलगायतका स्थानमा अवलोकनको व्यवस्था मिलाएको समितिका अध्यक्ष प्रविण विश्वासले जानकारी दिए ।
View : 84
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved