Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

डा तिमल्सेनाको लेख संग्रह विमोचन

६ मंसिर २०८१, बिहिवार

Advertisement

विराटनगर । महेन्द्र मोरङ क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा बाबुराम तिमल्सेनाद्वारा लेखिएका लेखहरूको संग्रह ‘ज्ञानपिपासु यात्रा’ बिहीबार एक कार्यक्रमका बिमोचन गरिएको छ । 

उद्घोष दैनिकका स्तम्भकार समेत रहेका डा तिमल्सेनाले उद्घोष दैनिकमै लेखेका २० लेखहरू संग्रहित छन् । 

प्राध्यापक कृष्ण पोखरेल, उद्घोष दैनिकका सम्पादक मोहन भण्डारी, प्राध्यापक कविराज न्यौपाने, नेपाल लेखक संघ कोशीका अध्यक्ष गोकुल अधिकारी, उपप्राध्यापक अनिल अधिकारी, पुस्तक व्यवसायी संघ कोशी प्रदेशका   वरिष्ठ   उपाध्यक्ष माधव अधिकारीले संयुक्त रुपमा लेख संग्रहको विमोचन गरेका हुन् ।

उद्घोष दैनिकको कार्यालयमा आयोजित लेख संग्रह विमोचन कार्यक्रममा उक्त संग्रहमा समेटिएका लेखका विधा, लेखक डा तिमल्सेनाको लेखकीय शैली र दृष्टिकोणहरूका बारेमा चर्चा गरिएको थियो ।

लेख संग्रहका बारेमा प्राध्यापक न्यौपानेसहित प्राडा देवेन्द्र अधिकारी, समीक्षक सामिप्यराज तिमल्सेना र प्राध्यापक पोखरेलले आफ्ना धारणा व्यक्त गरेका थिए । 

लेख संग्रहको सम्पादन उद्घोष दैनिकका प्रबन्ध सम्पादक विजय खतिवडाले गरेका हुन् ।

View : 528

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved