Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

पूर्वाञ्चल विश्वविद्यालयका चिकित्सकद्वारा स्थायित्वको माग

५ मंसिर २०८१, बुधवार

 

विराटनगर
 पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत चिकित्सकहरुको आफ्नो  स्थायित्व र सेवा सुविधाका लागि  उपकुलपति प्राडा विजुकुमार थपलिया, रजिस्ट्रार नीलमणी पोखरेल र अस्पताल निर्देशक डा शशी शर्मासँँग माग गरेका छन् ।   मंगलवार गोठगाउँस्थित उपकुलपतिको कार्यालयमा  गएको चिकित्सकहरुको टोलीले सो माग गरेका हो ।  

पुर्वाञ्चल विश्वविद्यालय परिसरमा रहेको पूवि शिक्षण अस्पतालमा कार्यरत  चिकित्सकहरुले  लामो समयदेखि दैनिक ज्यालादारीमा कार्यरत रही  सेवा दिइरहेका र यसले गर्दा रोजगार सुरक्षित नभएको तथा अन्य सुविधा तथा अवसरहरुबाट बञ्चित हुनुपरेकाले  सो माग गरिएको जनाइएको छ ।  नेपाल चिकित्सक संघ कोशीलाई पहलका  भएको छलफलमा पूवि पदाधिकारीसँग सो मागलाई सम्वोधन गर्न  अनुरोध गरेका थिए ।   छलफल संघका कोशी प्रदेश संयोजक डा विपेश आचार्य, कोशी शाखा अध्यक्ष डा राजेन्द्र चौधरीको अगुवाईमा भएको थियो । 
छलफल सकारात्मक रहेको  संघका अध्यक्ष डा चौधरीले बताए । छलफलक क्रममा मेडिकल खोज, अनुसन्धानहरुमा पनि पूर्वाञ्चल विश्वविद्यालय  चिकित्सक संघसँँग मिलेर काम गर्ने प्रतिबद्धता समेत उपकुलपति डा थपलियाले  राखेको पूविका चिकित्सक एवम् चिकित्सक संघ कोशीका महासचिव डा  बालकृष्ण साहले बताए ।

View : 56

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved