विराटनगर । इन्ड्राइभ, ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्मले यात्रुहरूलाई थप आरामदायी, प्रिमियम राइड विकल्प उपलब्ध गराउने उद्देश्यले नेपालमा आफ्नो नयाँ ‘इन्ड्राइभ कम्फटर्‘ फिचर सुविधा सुरु गरेको छ ।
यात्राको अनुभव बढाउन डिजाइन गरिएको इन्ड्राइभ कम्फर्ट सुविधाले यात्रुहरूलाई परिष्कृत सुविधाहरू सहितको प्रिमियम लेभलका सवारी साधनमायात्रा गर्न सहज बनाउँछ ।
कम्फोर्ट सवारीहरू उच्च गुणस्तरका सवारी साधनहरू र उच्च स्तरको सेवाप्रदान गर्न समर्पित तथा हाइरेटिङ गरिएका ड्राइभरहरूका साथ यात्रा गर्न खोज्नेहरूका लागि उपयुक्त हुने बताइएको छ । नयाँ सुविधासँगै, नेपालीयात्रुहरूले अब थप आरामदायी र सुविधाजनक यात्राको आनन्द लिन इन्ड्राइभ कम्फर्ट राइडहरू रोज्न सक्ने जनाइएको छ ।
इन्ड्राइभ साउथ एशियाका वरिष्ठ बजार व्यवस्थापकअविक कर्माकारले भने, इन्ड्राइभमा ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न किफायती, सुविधाजनक सवारी विकल्पहरू प्रदान गर्न समर्पित रहेका छौं ।
इन्ड्राइभ कम्फर्ट राइडको सुरुवात नेपालमा इन्ड्राइभको लागि आकर्षक विकास हो । हाम्रा प्रयोगकर्ताहरूको विशिष्ट आवश्यकताहरू पूरा गर्ने उपयुक्त सवारी विकल्पहरू प्रस्ताव गर्न प्रतिबद्ध छौं ।
इन्ड्राइभ कम्फर्टको साथ, यात्रुहरूले फराकिलो, रमाइलो र उचितमूल्यको सवारीको प्रतीक्षा गर्न सक्छन, जबकि हाम्रा चालक साझेदारहरूले उत्कृष्ट सेवा प्रदान गर्ने थप अवसरहरू प्राप्त गर्छन् ।
इन्ड्राइभ कम्फर्ट श्रेणीका सबै सवारी साधनहरू उत्कृष्ट अवस्थामा छन् र रमाइलो यात्राका लागि वातानुकूलित छन् ।
यसले काठमाडौंको भीडभाड हुने ट्राफिकमा पनि सहजै यात्राको सुनिश्चित गर्दछ । इन्ड्राइभ कम्फर्ट कारहरूमा भित्रीभाग सफा हुने हुँदा यात्रुहरुलाई सहज र रमाइलो यात्रा प्रदान गर्दछ ।
इन्ड्राइभ कम्फर्ट राइड सुबिधाले यात्रुहरूका लागि छनोटको अर्को तह थपेको छ, जसले अब आफ्नो यात्रा आवश्यकताहरूको आधारमा स्ट्याण्डर्ड सवारी र प्रिमियम इन्ड्राइभ कम्फर्ट अनुभवहरू बीच छनोट गर्न सक्नेछन् ।
यो सुविधा उच्च मूल्याङ्कन कायम राख्ने र प्रिमियम सवारी साधन चलाउने चालकहरूका लागि पनि लाभदायक छ, जसले उनीहरूलाई इन्ड्राइभ कम्फर्ट राइडहरूमार्फत थप आम्दानी गर्ने अवसर प्रदान पनि गर्दछ ।
View : 56
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved