विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा बिहीबार बेलुका दुईवटा मोटरसाइकल आपसमा ठोक्किंदा दुई युवकको मृत्यु भएको छ ।
पूर्व जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पश्चिम जाँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किंदा मोरङकै पथरी शनिश्चरे नगरपालिका–५ का ३३ वर्षीय दीपक धिमाल र कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
दुर्घटनामा घाईते भएका धिमालको उपचारका क्रममा उर्लाबारीकै अरनिको अस्पताल र गुरुङको मदन भण्डारी अस्पताल ट्रमा सेन्टरमा मृत्यु भएको जनाइएको छ ।
उक्त दुर्घटनामा मोटरसाइकलमा सवार कानेपोखरी–४ का २६ वर्षीय अमृत लिम्बू र पथरी शनिश्चरे–५ का ३८ वर्षीय विष्णु धिमाल घाइते छन् ।
उनीहरुलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको प्रहरीले जनाएको छ । दुवै मोटरसाइकल तीव्र गतिमा रहेका कारण अनियन्त्रित भएर ठोक्किंदा दुर्घटना भएको जनाइएको छ ।
View : 73
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved