सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचास्थित राइडर महफिल विराटचोकको आयोजनामा छैटौं संस्करणको सांगितिक गजल महफिल सम्पन्न भएको छ ।
कार्यक्रममा गणेशबाबु अधिकारीको ‘रेजा’ पुस्तकको विमर्श अस्मिता विष्टले गरेकी थिइन् ।
कार्यक्रममा अतिथि गजलकारहरू युवराज ठकुरी, धादिङका स्रष्टा लालकाजी श्रेष्ठ र झापाका सिन्धु निरौलाले गजलहरू वाचन गरेको कार्यक्रम संयोजक तथा साहित्यकार छवि बैरागी घिमिरेले बताए ।
सांगितिक गजल महफिलमा समाजसेवी नागेश पोखरेल, सुरेन्द्रबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।
View : 428
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved