Biratnagar, Morang, Nepal
२० चैत २०८१, बुधवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

सुन्दरहरैंचामा सांगितिक गजल महफिल

उद्‌घोष सम्वाददाता
२५ कार्तिक २०८१, आइतवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचास्थित राइडर महफिल विराटचोकको आयोजनामा छैटौं संस्करणको सांगितिक गजल महफिल सम्पन्न भएको छ ।

कार्यक्रममा गणेशबाबु अधिकारीको ‘रेजा’ पुस्तकको विमर्श अस्मिता विष्टले गरेकी थिइन् । 

कार्यक्रममा अतिथि गजलकारहरू युवराज ठकुरी, धादिङका स्रष्टा लालकाजी श्रेष्ठ र झापाका सिन्धु निरौलाले गजलहरू वाचन गरेको कार्यक्रम संयोजक तथा साहित्यकार छवि बैरागी घिमिरेले बताए । 

सांगितिक गजल महफिलमा समाजसेवी नागेश पोखरेल, सुरेन्द्रबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

View : 280

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved