विराटनगर । नेकपा एकिकृत समाजवादीका १४ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । उनीहरु बिहीबार सामुहिक रुपमा नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गर्नेहरूमा नेकपा एसका कोशी प्रदेश कमिटी सदस्य रविन नगरकोटी, जिल्ला कमिटी सदस्य राम लिम्बु, युवराज राजवंशीसहित ओम पौड्याल, वसन्ती परियार, दिनेशलाल कर्ण, चन्द्रकला कामत, कौशल आचार्य, पारस चौधरी, अनमोल शिवा, उषा कर्ण चौधरी, बाबुनन्द यादव र नयना श्रेष्ठ रहेका छन् ।
उनीहरु यसअघि एकीकृत समाजवादी निकट खेलकुद संगठनसम्वद्ध भएर विभिन्न पदीय जिम्मेवारीमा रहेर काम गर्दै आएका थिए ।
एमाले प्रवेश गरेका नगरकोटी पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पूर्व अध्यक्ष समेत हुन् ।
नवप्रवेशीहरुलाई एमाले केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इन्चार्ज जीवन घिमिरे, जिल्ला अध्यक्ष बाबुराम कार्कीलगायतले खादा लगाएर स्वागत गरेका थिए ।
View : 317
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved