Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

एमाले तेह्रथुम निर्वाचन :

२५० मत गन्दा अध्यक्षमा एक मतले शिव ढुंगाना अघि, अन्य पदाधिकारीमा पनि उछानपाछिन

उद्घोष सम्वाददाता
६ मंसिर २०८१, बिहिवार

विराटनगर । नेकपा एमाले तेह्रथुमको १२ औं जिल्ला अधिवेशनबाट नेतृत्व चयन गर्नका लागि मतगणना जारी छ । अध्यक्ष पदका लागि शिव ढुंगाना र गोविन्दराज श्रेष्ठबीच मतान्तरमा उछिनपाछिन चलिरहेको छ ।

१५० मत गन्दा ८ मतले पछि परेका श्रेष्ठ अहिले २०० मत गणना चलिरहँदा ४ मतले अगाडि बढेका थिए । तर केहिबेर अघि सार्वजनिक नभएको २५० मत गणनाको परिणाम अनुसार भने ढुंगाना एक मतले अघि छन् । ढुंगानाले १२४ मत र श्रेष्ठले १२३ प्राप्त गरेको जनाइएको छ ।

अध्यक्षका उम्मेदवार ढुंगानालाई कोशी प्रदेशका पूर्वमन्त्री एवं एमाले कोशी प्रदेश कमिटीका प्रचार विभाग प्रमुख लक्षुमन तिवारी लगायतका नेताहरूको समर्थन छ । त्यस्तै वर्तमान् प्रदेश सभा सदस्य किशोरचन्द्र दुलाल लगायतले श्रेष्ठलाई समर्थन गरेका छन् । श्रेष्ठ पूर्व शिक्षक हुन् भने ढुंगाना यसअघि जिल्ला समन्वय समिति तेह्रथुमको प्रमुख थिए ।

त्यसैगरी सचिवमा तारामान मादेनले १३३ र छत्र प्रसाद रिमालले १०७ मत प्राप्त गरेको जनाइएको छ । 

खुल्ला उपसचिवमा यादव प्रसाद खापुङ र अर्जुन ढुंगानाबिच प्रतिष्पर्धा तिब्र छ । २५० मत गणनाको पछिल्लो मत परिणाम अनुसार ढुंगानाले १२० र खापुङले ११८ मत प्राप्त गरेका छन् । २०० मतको गणना सकिंदा पनि ढुंगाना २ मतले नै अघि थिए ।

उपसचिव महिला पदका लागि भिडेका तीन उम्मेदवार मध्ये सरिता खड्काले ९१, तारा ढकालले ११४ र तारा कार्की गुरुङले ४० मत प्राप्त गरेका छन् ।

उपाध्यक्ष पदमा भने सन्तोष तिगेला सर्वसम्मत भइसकेका छन् ।

सुरुवाती गणनादेखि नै उम्मेदवारहरूबीच मत परिणाममा उछिनपाछिन चलिरहेको जनाइएको छ । म्याङ्लुङ बजारस्थित नेकपा एमाले पार्टी कार्यालयमा मतगणना जारी छ । 

आकांक्षीहरूबीच सहमतिका लागि गरिएको प्रयास असफल भएपछि बिहीबार विहान करीव ११ बजेदेखि मतदान गरिएको थियो । अपरान्ह २ बजे मतदान सकिएको हो ।

४५५ प्रतिनिधि रहेको एमाले तेह्रथुमको १२ औं अधिवेशनको निर्वाचनमा ४४७ जनाले मतदान गरेका थिए ।

View : 51

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved