Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

एमाले तेह्रथुमको अध्यक्षमा ढुंगाना

उद्घोष सम्वाददाता
७ मंसिर २०८१, शुक्रवार

विराटनगर । नेकपा एमाले तेह्रथुमको १२ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा शिव प्रसाद ढुंगाना निर्वाचित भएका छन् । उनले गोविन्दराज श्रेष्ठलाई ३२ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
ढुंगाना र श्रेष्ठ प्यानलै बनाएर चुनाव लडेका थिए । अध्यक्ष बाहेक ढुंगानाको प्यानलले खुला उपसचिव पनि जितेको छ । 

उपाध्यक्षमा दुवै प्यानलबाट साझा उम्मेदवार बनेका सन्तोष तिगेला सर्वसम्मत निर्वाचित भएका छन् । 

सचिवमा भने श्रेष्ठ प्यानलका तारामान मादेन निर्वाचित भएका छन् । मादेनले ढुंगाना प्यानलका छत्र प्रसाद रिमाल पराजितलाई २६ मतले पराजित गरेका हुन् । मादेनले २२६ र रिमालले २०२ मत प्राप्त गरेका हुन् । 

खुला उपसचिवमा ढुंगाना प्यानलका यादव बहादुर खापुङ निर्वाचित भएका छन् । मेन्छेयायेम गाउँपालिकाका अध्यक्ष समेत खापुङले २२० मत पाएका हुन् । श्रेष्ठ प्यानलका उपसचिवका उम्मेदवार अर्जुन ढुंगानाले २०८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी महिला उपसचिवमा पनि श्रेष्ठ प्यानलकी तारा ढकाल निर्वाचित भएकी छन् । ढकालले १७५ मत प्राप्त गरेकी छन् । ढुंगाना प्यानलकी सरिता खड्काले १६५ र प्यानल बिनै चुनाव लडेकी तारा कार्की गुरुङले ७८ मत प्राप्त गरेकी हुन् ।

मतगणनाका क्रममा पदाधिकारीमा उम्मेदवारहरूबीचमै उछिनपाछिन चलेको थियो ।

अध्यक्षमा निर्वाचित ढुंगानालाई कोशी प्रदेशका पूर्वमन्त्री एवं एमाले कोशी प्रदेश कमिटीका प्रचार विभाग प्रमुख लक्षुमन तिवारी लगायतका नेताहरूको समर्थन गरेका थिए । त्यस्तै वर्तमान प्रदेश सभा सदस्य किशोरचन्द्र दुलाल लगायतले श्रेष्ठलाई समर्थन गरेका छन् । श्रेष्ठ पूर्व शिक्षक हुन् भने ढुंगाना यसअघि जिल्ला समन्वय समिति तेह्रथुमको प्रमुख थिए ।

आकांक्षीहरू बीच सहमतिका लागि गरिएको प्रयास असफल भएपछि बिहीबार बिहान करिव ११ बजेदेखि मतदान गरिएको थियो । अपरान्ह २ बजे मतदान सकिएको हो ।

४५५ प्रतिनिधि रहेको एमाले तेह्रथुमको १२ औं अधिवेशनको निर्वाचनमा ४४७ जनाले मतदान गरेका थिए ।

View : 79

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved