ग्राहक बन्नका लागि
एमाले तेह्रथुम निर्वाचन :
विराटनगर । नेकपा एमाले तेह्रथुमको १२ औं जिल्ला अधिवेशनबाट नेतृत्व चयन गर्नका लागि मतगणना जारी छ । अध्यक्ष पदका लागि शिव ढुंगाना र गोविन्दराज श्रेष्ठबीच मतान्तरमा उछिनपाछिन चलिरहेको...
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा बिहीबार बेलुका दुईवटा मोटरसाइकल आपसमा ठोक्किंदा दुई युवकको मृत्यु भएको छ । पूर्व जाँदै गरेको प्रदेश १–०...
काठमाडौँ, ६ मङ्सिर । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकको राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालय उच्च व्...
विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट टिम विराटनगर किंग्सले टिमको आधिकारिक जर्सी र टिम एन्थम सार्वजनिक गरेलगत्तै उसको आलोचना सुरू भएको छ । खासगरी उसको टिम एन्थम र खेलाडी छ...
विराटनगर । कोशी सरकारबारे सर्वोच्च अदालतले पछिल्लो फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । तत्कालीन मुख्यमन्त्री केदार कार्कीलाई हटाएर हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रकरणमा केदार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए । यसअघि नै उनीविरूद्ध फैसला आइसकेको यो प्रकरणको पूर्णपाठ पनि सार्वजनिक भएको हो । संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफू मुख्यमन्त्री बनेको दाबी गर्दै कांग्रेस नेता केदार कार्कीले सरकार बन्ने उपधाराको अन्तिम विकल्पको सरकार भएको भन्दै राजीनामा पनि दिनुनपर्ने, विश्वासको मत पनि लिनु नपर्ने दाबी गरेका थिए । तर, प्रदेशसभाका दलहरूले बहुमत जुटाएर प्रदेश प्रमुख समक...
विराटनगर । त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस विराटनगरका पूर्व सभापति भक्तिप्रसाद पौडेलको ६९ वर्षको उमेरमा निधन भएको छ । पार्किन्सन रोगबाट पीडित पौडेलको विराटनगर–३ राजवंशीचोक स्थित आफ्नै घरमा बिहीबार निधन भएको हो । महेन्द्र मोरङ क्याम्पसमा लामो समय प्राध्यापन गरेका नेपाली विषयका प्राध्यापक पौडेल ६ वर्षअघि उमेरका कारण सेवाबाट अनिवार्य अवकाश भएका थिए । स्वर्गीय पौडेलको अन्तिम संस्कार बिहीबार नै विराटनगरको परोपकार घाटमा गरिएको उनका भाइ प्राडा बलराम पौडेलले बताए । स्वर्गीय पौडेलकी श्रीमती सावित्रा, दुई छोरा निरज र निवन्ध र एक छोरी नीलम छन् ।
काठमाडौँ, ६ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह तथा खड्ग प्रदान गरेका छन् । नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच उनलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा सेनाध्यक्ष द्विवेदी बुधबार नेपाल आएका हुन् । सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राईलगायत विशिष्ट महानुभावको उपस्थिति थियो । नेपाल–भारतबीचको सैनिक सम्बन्ध...
भद्रपुर, ६ मङ्सिर । झापामा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा पुँजीगत खर्च निरासाजनक देखिएको छ । जिल्लामा सात दशमलव ३४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका कार्यालय प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार जिल्लाको पुँजीगततर्फ १० अर्ब २८ करोड चार लाख विनियोजन भएकामा कात्तिक मसान्तसम्म ७५ करोड ४८ लाख खर्च भएको छ । “चालुतर्फ विनियोजित १५ अर्ब ८८ करोड ३८ लाख ९२ हजार मध्ये २९ दशमलव २२ अर्थात् चार अर्ब ६४ करोड १७ लाख खर्च भएको छ”, उनले भने । समग्रमा चालु आब २०८१/८२ को कात्तिक मसान्तसम्म जम्मा २० दशमलव ६...
विराटनगर पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत चिकित्सकहरुको आफ्नो स्थायित्व र सेवा सुविधाका लागि उपकुलपति प्राडा विजुकुमार थपलिया, रजिस्ट्रार नीलमणी पोखरेल र अस्पताल निर्देशक डा शशी शर्मासँँग माग गरेका छन् । मंगलवार गोठगाउँस्थित उपकुलपतिको कार्यालयमा गएको चिकित्सकहरुको टोलीले सो माग गरेका हो । पुर्वाञ्चल विश्वविद्यालय परिसरमा रहेको पूवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सकहरुले लामो समयदेखि दैनिक ज्यालादारीमा कार्यरत रही सेवा दिइरहेका र यसले गर्दा रोजगार सुरक्षित नभएको तथा अन्य सुविधा तथा अवसरहरुबाट बञ्चित हुनुपरेकाले सो मा...
विराटनगर । विराटनगरका नवलप्रसाद उपाध्याय स्काउटको एशिया प्रशान्त क्षेत्रीय समिति अन्तर्गत बिबिधतका बीच एकता भन्ने विषयको कार्यक्रमका लागि ताइवान प्रस्थान गरेका छन् । आइतबारदेखि बुधबारसम्म (मंसिर ९ देखि १२ गतेसम्म) ताइवानको कावहसिउङमा हुने सो कार्यक्रममा आयोजकको तर्फबाट उपाध्याय त्यसतर्फ प्रस्थान गरेका हुन् । उपाध्याय स्काउटको २७ देश सम्मिलित एशिया–प्रशान्त उपसमितिका सदस्य हुन् । स्काउटले ११देखि १६ वर्षका छात्राछात्राको लागि अनुशासन र शाहसिक कार्यका लागि सेवाका कार्यहरु गर्दै आएको छ । एउटै कक्षा कोठामा विभिन्न धर्म, वर्ग,वर्ण,जात, लिङ्गलगायतका विद्यार्थी बस्ने भए...
विराटनगर । महेन्द्र मोरङ क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा बाबुराम तिमल्सेनाद्वारा लेखिएका लेखहरूको संग्रह ‘ज्ञानपिपासु यात्रा’ बिहीबार एक कार्यक्रमका बिमोचन गरिएको छ । उद्घोष दैनिकका स्तम्भकार समेत रहेका डा तिमल्सेनाले उद्घोष दैनिकमै लेखेका २० लेखहरू संग्रहित छन् । प्राध्यापक कृष्ण पोखरेल, उद्घोष दैनिकका सम्पादक मोहन भण्डारी, प्राध्यापक कविराज न्यौपाने, नेपाल लेखक संघ कोशीका अध्यक्ष गोकुल अधिकारी, उपप्राध्यापक अनिल अधिकारी, पुस्तक व्यवसायी संघ कोशी प्रदेशका सचिव माधव अधिकारीले संयुक्त रुपमा लेख संग्रहको विमोचन गरेका हुन् । उद्घोष दैनिकको कार्यालयमा आयोजित ले...
काठमाडौँ, ६ मङ्सिर । पश्चिम नेपालको अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर १३ मिनेटमा कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर चार दशमवल दुई रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत कात्तिक २२ गते दोलखाको ओराङ आसपास केन्द्रविन्दू भएर चार दशमलव पाँच रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ । रासस
विराटनगर । ‘घुमी घुमी’ गीतमा अभिनय गरेपछि चर्चामा आएकी अभिनेत्री अञ्जना बराइलीलाई पहिलो फिल्म ‘महापुरुष’ बाटै सफलता मिल्यो । यसपछि ‘पूजार सार्की’ र यतिबेला प्रदर्शनरत ‘पूर्ण बहादुरको सारङ्गी’ ले पनि सफलता प्राप्त गरेपछि उनको हिटमा ‘ह्याट्रिक’ पूरा भएको छ । लगातार तीन फिल्म सफल हुँदा उनी ‘डिमान्डेड’ बनेकी छन् । एकपछि अर्को फिल्म उनको हातमा परिरहेको छ । यसबीचमा अञ्जना नयाँ फिल्म ‘डोरी’ मा आबद्ध भएकी छन् । उनीसँग निर्माताले यसै साता कागजी सम्झौता गरेका हुन् । उनीसँगै फिल्ममा प्रकाश घिमिरेलाई पनि अनु...
पेसावर, ४ मङ्सिर । उत्तरपश्चिम पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु हुनुका साथै सात जना प्रहरी अपहरणमा परेको प्रहरी तथा गुप्तचर अधिकारीलाई उदृत गर्दै एएफपीले मङ्गलबार जनाएको छ । खैबर–पख्तुनख्वा प्रान्तको तिराह क्षेत्रमा भएको झडपमा “आठ सैनिक“ र “नौ आतङ्कवादी“ मारिएको एकजना गुप्तचर अधिकारीले नाम न छाप्ने सर्तमा बताएका छन् । पाकिस्तानी तालिबान (टिटिपी) ले यस घटनाको जिम्मेवारी लिएको छ । तालिबानले प्रान्तमा भएको छुट्टै आक्रमणमा, एउटै चौकीका “सात जना प्रहरी अधिकारीहरू अपहरण गरेको वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । अधिकारीका अनुसार...
विराटनगर । नेपालकै प्रमुख तार, केबल तथा कन्डक्टर उत्पादक कम्पनी लिट्मस इन्डस्ट्रिज लिमिटेडले चर्चित खेलाडी, व्यक्तिगत तथा फिटनेस प्रशिक्षक सनम मुलगुठीसँग सहकार्य गरेको छ । १५औं वर्ल्ड बडीबिल्डिङ एन्ड फिजिक च्याम्पियनसिप २०२४ की रजत पदक विजेता सनमसँग कम्पनीले सहकार्य गरेको हो । सहकार्यपछि अब सनम लिट्मस कम्पनीको व्यावसायिक प्रवर्द्धनमा सहभागी देखिने छिन् । सहकार्यबारे बोल्दै लिट्मस इन्डस्ट्रिजकी मार्केटिङ तथा बिजनेस डेभलप्मेन्ट निर्देशक साक्षी गुप्ताले सनमको अटल समर्पणजस्तै कम्पनीले निर्माण गर्ने हरेक तार र केबलले भरोसा र सबलताको पहिचान दिने बताइन् । कम्पनीसँग अनुबन्ध भएकी सनम मुलगुठीका हा...
काठमाडौँ, ३ मङ्सिर । हिमालकै समीपमा उभिएको महसुस हुँदा कसको मन नरमाउला र ? पाथीभरा भगवती मन्दिर पुग्ने जो सुकैले यसैगरी हिमालको छेउमा उभिएको महसुस् गर्न सक्छन् । धार्मिक मान्यताअनुसार पाथीभरा भगवतीले भक्तको इच्छा पूर्ति गर्दिन्छिन् । मागेको कुरा पुग्ने जनविश्वास पनि छ । ताप्लेजुङ जिल्लास्थित पाथीभरा पर्वतको शीखरमा अवस्थित प्रसिद्ध तीर्थस्थल हो, पाथीभरा । यहाँ धार्मिक पर्यटकको मात्र घुइँचो लाग्ने गरेको छैन्, मनोरम प्राकृतिक दृश्यावलोकन गर्नेहरुको पनि त्यतिकै घुइँचो लाग्ने गरेको छ । आस्था र विश्वासको महत्वपूर्ण धरोहरका रुपमा रहेको यो तीर्थस्थलमा एक पटक पुग्नै पर्ने मनोकांक्षा प...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved