ग्राहक बन्नका लागि
विराटनगर । कुनै बेला नेपाली कांग्रेसभित्र निर्णायक शक्ति बनेका कृष्णप्रसाद सिटौला अहिले आफ्नै जिल्ला झापा र गृह प्रदेश कोशीमै राजनीतिक रूपमा एक्लिँदै गएका छन् । सिटौलाले लामो समयदे...
विराटनगर । कोशी प्रदेशमा २०८३ असार मसान्तसम्म २५ लाखभन्दा बढी जीवन तथा निर्जीवन बीमालेख जारी भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार प्रदेशमा जीवनतर्फ २० लाख ६९ हजार ८२६ र निर्जीव...
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदै छ । आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाउने गरि...
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–८ हरिश्चन्द्रगढीस्थित सीमा क्षेत्रबाट भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको ठूलो परिमाणको ब्रोइलर कुखुराको चल्ला सशस्त्र प्रहरीले ब...
विराटनगर । नेपाली कांग्रेस संस्थापन इतर पक्षले मोरङका लागि केन्द्रीय प्रतिनिधि तोकेका मोरङका नेता भीम पराजुली संस्थापन पक्षमै उभिने भएका छन् । मंगलबार उनले सामाजिक सञ्जालबाट यस्तो घोषणा गरेका हुन् । ‘चारतारे झण्डा र रूख जहाँ हुन्छ त्यो मेरो र हाम्रो स्वाभिमानसँग जोडिएको छ,’ कोशी प्रदेशसभा सदस्यसमेत रहेका प्रदेशका पूर्वमन्त्री पराजुलीले भनेका छन् ‘हामी लोकतन्त्रवादीको रगत र पसिना यसैमा समर्पित भएर बगेको छ । देश कमजोर रहेको अवस्थालाई दृष्टिगत गर्दै हामीले लोकतन्त्र, प्रजातन्त्रको जगलाई बलियो बनाउन र जनचाहना अनुरूप अगाडि बढ्नु पर्ने छ । जो आजको आवश्यकता पनि हो । यसर्थ स...
‘विवाहपछि सबै कुरा ठीक हुनेछ भन्ने विश्वास थियो । तर मैले कल्पना गरेको जीवन र भोगेको यथार्थबीचको खाडल यति ठूलो होला भन्ने कहिल्यै सोचेकी थिइनँ ।’ हतुवागढी गाउँपालिकाकी २१ वर्षीया समा (नाम परिवर्तन) ले मसँग पहिलोपटक मनको गाँठो फुकाउँदा व्यक्त गरेका यी शब्दहरू अझै मेरो कानमा गुञ्जिरहन्छन् । यो केवल एउटा प्रेम वा विवाहको कथा मात्र थिएन, एउटा संवेदनशील मन कसरी सामाजिक उपेक्षा, पारिवारिक कलह र मानसिक आघातको चक्रव्यूहमा फसेर मृत्युको किनारसम्म पुग्छ भन्ने दर्दनाक यथार्थ थियो । अठार वर्षको उमेरमा परिवारको इच्छाविपरीत गरेको अन्तरजातीय विवाह समाका लागि जी...
काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला परेका छन् । आयोजनाका एक इन्जिनियरका अनुसार बुधबार दिउँसो पावरहाउसभित्र खोजी गर्ने क्रममा चारवटा शव भेटिएका हुन् । भदौ १० गते तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले चिलिमे जलविद्युत् आयोजनासहित रसुवाका र नुवाकोटका एक दर्जन जलविद्युत् आयोजना र विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्याएको थियो । त्यसयता आयोजनाभित्र हराइरहेका कर्मचारी तथा कामदारको खोजी कार्य जारी छ । फेला परेका शवको पहिचान र घटनाबारे थप विवरण आउन बाँकी रहेको छ । सुरक्षा निकाय र सम्बन्धित निकायले शवको सनाखत तथा आवश्यक कानुन...
विराटनगर । औद्योगिक क्षेत्रका साझा हितका विषयमा उद्योग संगठन मोरङ र मोरङ उद्योग व्यापार संघबीच सहकार्यलाई थप प्रभावकारी बनाउनेमा जोड दिइएको छ । उद्योग संगठन मोरङले मोरङ उद्योग व्यापार संघका नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सम्मानमा मंगलबार आयोजना गरेको स्वागत कार्यक्रममा दुवै संस्थाका पदाधिकारीहरूले साझा हितका लाथि सहकार्य गर्ने प्रपतवद्धता जनाएका हुन् । संघको हालै सम्पन्न निर्वाचनबाट अध्यक्षमा अनिलकुमार साह निर्विरोध निर्वाचित भएका छन् । उद्योग संगठन मोरङले नवनिर्वाचित अध्यक्षसहित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको...
विराटनगर । शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख शालिग्राम दाहालले राजीनामा दिएका छन् । असोज १ गतेबाट लागू हुनेगरी उनले शिक्षा सचिव समक्ष राजीनामा दिएका हुन् । अवकाश हुनलाई करीव डेढ महिना समय बाँकी रहँदै उनले राजीनामा बुझाएका छन् । २०५१ साल वैशाख १२ बाट प्राविधिक सहायकको पदबाट जागिर जीवन सुरु गरेका दाहाल मोरङ, इलाम ताप्लेजुङ, भोजपुर, संखुवासभा, झापा, तेह्रथुम, सिराहा, सप्तरी हुँदै गृह जिल्ला मोरङमै आइपुग्दा उपसचिवबाट बिदाई भएका हुन् । आफ्नो राजीनामाको कारणलाई भने उनले ‘व्यक्तिगत’ भनेका छन् । शिक्षा विकास र समन्वय इकाई मोरङले दाहाललाई बुधबार विदाई...
विराटनगर । विराट मेडिकल कलेज शिक्षण अस्पताल अन्तर्गतको हेल्थ प्रोफेसन्स एजुकेसन डिपार्टमेन्ट (एचपीईडी) ले स्वास्थ्य व्यवसाय शिक्षा क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञलाई एकै मञ्चमा ल्याउने उद्देश्यसहित ‘एचपीईडी–कन २०२६’ आयोजना गर्ने भएको छ । मोरङको बुढीगंगा–२ स्थित कलेज परिसरमा बिहीबारदेखि तीन दिनसम्म सञ्चालन हुने सम्मेलन ‘स्वास्थ्य व्यवसाय शिक्षा क्षेत्रमा नेतृत्व ः नवप्रवर्तन, समावेशिता र प्रभाव’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको हो । मंगलबार बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा एचपीईडी विभागका अध्यक्ष तथा सम्मेलन अध्यक्ष प्राडा हेमसा...
विराटनगर । विराटनगर–७ सहिद रंगशालास्थित कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालयमा गत शनिबार दिउँसै चोरी भएको घटनाको सीसीटीभी सार्वजनिक भएको छ । बोर्डको कार्यालयमा बिदाको दिन पारेर कवाडी संकलन बोरा बोकेको दुई महिला र दुई पुरुषको समुहले चोरी गरेको जनाइएको छ । उक्त समुहले बोर्डको गेटमाथिबाट प्रवेश गरी कार्यालयभित्रका धाराका टुटीलगायतका सामान चोरी गरेका हुन् । बोर्डका सदस्य सचिव विप्लव घोषले कार्यालयभित्र प्रवेश गरी सरसामान चोरी गरेको सीसीटीभीबाट थाहा भएको बताए । ‘बिदाको समयमा केही व्यक्ति कार्यालयभित्र प्रवेश गरेको देखिन्छ, उनीहरूले गेटभित्र प्रवेश गरी...
विराटनगर । भद्रपुर पुस्तकालय, भद्रपुर झापाको आयोजनामा मुक्तककार लता खरेलको ‘शिशिरको जून’ मुक्तक सङ्ग्रह र बालकवि सफलता फुयलको कविता सङ्ग्रह ‘आभा’ एक समारोहबिच लोकार्पण गरिएको छ । भद्रपुर पुस्तकालयका अध्यक्ष प्रा. चिन्तामणि दाहालको सभापतित्व तथा प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सभापति दाहाल, प्रमुख अतिथि पोखरेल, विशिष्ट अतिथि समालोचक प्राध्यापक कविराज न्यौपाने, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, लता खरेलका माता, पिता र सासू,ससुरा लगायतले संयुक्त रुपमा सो कृतिको लोकार्पण गरेका हुन् । लोकार्पित क...
सुनसरी । वन क्षेत्र घट्दै जानु र वन्यजन्तुको आवागमन क्षेत्र पनि खुम्चिनु तथा मानिसको आवास क्षेत्र बिस्तार हुनुले मानव वन्यजन्तु द्वन्द्वको कारण देखिएको छ । मानिसले आफ्नो सुरक्षाका लागि थापेका विद्युतीय तार वन्यजन्तुका लागि पाशो बन्दैछन् । कोशी प्रदेशमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दा वन अपराध पनि बढेकाले वन्यजन्तुमाथि हुने अपराध नियन्त्रण अर्को ठूलो चुनौती छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन्यजन्तु संरक्षण तथा दिगो व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सातै प्रदेशमा गतिविधि विस्तार गरेको छ । यसैक्रममा कोशीटप्पु तथा आसपासका क्ष...
जाजरकोट । भिरालो जमिनको काखमा टाँसिएका बस्ती, तल गहिरो खोला र माथि खस्न तयारजस्ता देखिने पहाड । यही भूगोलबीच जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ का बासिन्दाको दैनिकी चलिरहेको छ । भेरी करिडोर हुँदै डोल्पासम्म पुग्ने सडक यी बस्तीको जीवनरेखाजस्तै बनेको छ । तर करिडोरअन्तर्गतका खोलामा पुल नहुँदा सवारीसाधनले वर्षायाममा जोखिम मोलेर खोला पार गर्नुपर्ने अवस्था छ । पानीको बहाव बढ्दा सडक र खोला पार गर्ने बाटो नै अवरुद्ध हुने गरेको छ । जाजरकोटतर्फका औलगुत्ता र बाँइकाँडा तथा रुकुम पश्चिमतर्फका दामाचौर, मुलातरा लगायतका बस्ती भिरालो भूभागमा छन् । कतै पहाडको फे...
काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा अमेजनका लागि उडान गरिरहेको २१ एयरको कार्गो विमान रनवेबाट चिप्लिएर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे भएको दुर्घटनामा विमानले रनवे पार गर्दै बाहिर निस्किएपछि धेरै सवारीसाधनमा ठक्कर दिएको र त्यसपछि आगलागी भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ । मियामी–डेड फायर रेस्क्यु प्रमुख राइड ‘रे’ जदाल्लाहका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ भने अन्य दुई जनाक...
विराटनगर । मोरङ इलेक्ट्रिक संघको १७ औं वार्षिक साधारण सभा शनिबार विराटनगरमा सम्पन्न भएको छ । नेपाल विद्युत व्यवसायी महासंघका अध्यक्ष दिलीपकुमार अग्रवालको प्रमुख आतिथ्यता एवं मोरङ इलेक्ट्रिक संघका अध्यक्ष कैलाश विश्वासको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशीका उपाध्यक्ष राजन श्रेष्ठ, नेपाल उद्योग परिसंंघ कोशीका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार शाह, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दल, इटहरी विद्युतीय व्यवसायी संघकी अध्यक्ष...
नेपालको संविधान २०७२ भाग ३ धारा ३१ र धारा ३५ मा शिक्षा तथा स्वास्थ्य सम्बन्धी मूल कानुन स्पष्ट लेखिएको छ । शिक्षा र स्वास्थ्य मानव जीवनका अमूल्य सम्पत्ति हो । शिक्षाले मानव जीवनलाई उन्नत र विकसित गर्ने गर्दछ भने स्वास्थ्यले मानव जीवनलाई दीर्घायु तथा जीवनस्तर राम्रो देखाउँछ । यी दुवैमा राजनीति अकल्पनीय । राजनीति फोहोरी खेल भएकाले शिक्षा र स्वास्थ्यमा फोहोरी खेलको आवश्यकता छैन । शिक्षालयहरू ज्ञान विज्ञानका मन्दिर हुन् भने मानिसको स्वास्थ्य घर विज्ञानको सम्पत्ति हो । विश्वका थुप्रै देशमा शिक्षा र स्वास्थ्यमा कुनै पनि प्रकार राजनीति देखिँदैन । छिमेकी मुलुकहरू चीन र भारतमा समेत शिक...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved