Biratnagar, Morang, Nepal
२४ कार्तिक २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
अन्तर्राष्ट्रिय

फेसबुक र टिकटकको विकल्प बन्दै नेपालीले बनाएको सामाजिक सञ्जाल ‘थोप्ला’, अस्ट्रेलियाबाट सुरु भएको नेपाली प्रविधि पहल

उद्‌घोष संवाददाता
२४ कार्तिक २०८३, मङ्गलवार

Advertisement

क्यान्बेरा, (अस्ट्रेलिया) । नेपाली समुदायलाई विश्वभर एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यसहित विकास गरिएको सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ । नेपाली युवाको पहलमा तयार भएको यस प्लेटफर्ममा हाल १५ हजार ३०० भन्दा बढी प्रयोगकर्ता जोडिएका छन् ।

फेसबुक, टिकटक र अन्य अन्तर्राष्ट्रिय सामाजिक सञ्जालको प्रयोग बढिरहेका बेला नेपाली समुदाय, भाषा, संस्कृति र सिर्जनशीलतालाई प्राथमिकता दिएर थोप्ला विकास गरिएको हो । नेपालमा मात्र नभई अस्ट्रेलिया, अमेरिका, बेलायत, जापान, खाडी मुलुकलगायत विश्वका विभिन्न देशमा रहेका नेपालीलाई एउटै डिजिटल सञ्जालमा जोड्ने यसको मुख्य उद्देश्य छ ।

चितवनका उज्ज्वल खनालको पहलमा सुरु भएको थोप्लाको अवधारणा सन् २०२१ तिरै अघि सारिएको थियो। अस्ट्रेलियामा अध्ययन र रोजगारीसँगै सूचना प्रविधिप्रतिको रुचिलाई निरन्तरता दिँदै उनले साथीहरूसँग मिलेर यस प्लेटफर्मलाई थप विकसित गरेका हुन् ।

थोप्लामा प्रयोगकर्ताले फोटो, भिडियो, स्टोरी तथा छोटा भिडियो ९रिल्स० सार्वजनिक गर्न, एकअर्कालाई फलो गर्न, कमेन्ट तथा सन्देश आदानप्रदान गर्न सक्छन्। साथै, अडिओ तथा भिडियो कल र सामूहिक कुराकानीका लागि च्याट रुमको सुविधा पनि उपलब्ध छ ।

View : 40

२४ कार्तिक २०८३, मङ्गलवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved