विराटनगर । भारतको राष्ट्रिय गीत वन्दे मातरमको १५० वर्ष पूरा भएको अवसरमा भारतीय दूतावासले
मंगलबार विराटनगरमा सांगीतिक साँझ आयोजना गरेको छ ।
यसअघि जनकपुर र वीरगञ्जमा आयोजना गरिएको सांगीतिक कार्यक्रमको निरन्तरता स्वरूप शहरको सिटी प्यालेस होटल एण्ड रिसोर्टमा यो कार्यक्रम सम्पन्न भएको हो ।
भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को प्रायोजनमा आएकी भारतका प्रख्यात लोकगायिका विजया भारती र उनको टोलीले वन्दे मातरम सहित विभिन्न परम्परागत लोकगीतहरूको भावपूर्ण प्रस्तुतिबाट दर्शकलाई मन्त्रमुग्ध पारेको थियो।
कार्यक्रमका माेरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले भारतको स्वतन्त्रता संग्राममा वन्दे मातरम् योगदान स्मरण गर्दै नेपाल र भारतबीचको चिरस्थायी मित्रताको महत्त्व र शक्तिमा जोड दिए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै भारतीय महावाणिज्यदूतका प्रतिनिधिले वन्दे मातरम दीको र्घकालीन महत्त्व तथा नेपाल–भारत मैत्रीलाई अझ सुदृढ बनाउन सङ्गीतको भूमिकाबारे प्रकाश पारे।
उनले नेपाल र भारतबीचको गहिरो सम्बन्ध, साझा इतिहास, संस्कृति तथा धर्मले दुई देशलाई जोडेको उल्लेख गरे।
View : 36
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved