विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा हुन लागेको नवौँ विराट एक्स्पो–२०२६ को तयारीस्वरुप एक्स्पो स्थल विराटनगर–१४ स्थित डिग्री क्याम्पस परिसरमा सरसफाइ गरिएको छ ।
एक्स्पो स्थललाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउने उद्देश्यका साथ पूर्वाञ्चल ल्युब आयल (पीएलओ) का ८५ जना कर्मचारीहरू सहभागी भएर सरसफाई गरेका हुन् । उनीहरू एक्स्पो स्थललाई व्यवस्थित बनाउनका लागि सरसफाईमा जुटेका हुन् ।
सरसफाइ कार्यक्रममार्फत एक्स्पो स्थललाई सफा बनाउन सहयोग पु¥याएको भन्दै एक्स्पो आयोजक उद्योग संगठन मोरङले पीएलओ परिवारप्रति धन्यवाद ज्ञापन गरेको छ ।
एक्स्पोलाई व्यवस्थित र आकर्षक बनाउन औद्योगिक तथा व्यवसायिक संघसंस्था तथा निजी क्षेत्रको ठुलो सहयोग र सहभागिता आवश्यक रहेको संगठनले जनाएको छ ।
नवौँ विराट एक्स्पो आगामी पुस २ देखि ११ गतेसम्म हुने घोषणा भइसकेको छ । एक्स्पोमा २७५ भन्दा बढी स्टल रहने तथा दुई लाख ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ ।
View : 37
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved