विराटनगर । पञ्चमुखी युवा समाज विराटनगर–१२ धरणीधरचोकले नेपाली चाडपर्वको अवसर पारेर शनिबार सांस्कृतिक साँझ आयोजना गर्ने भएको छ ।
तिहार, छठ तथा नेपाल संवत् ११४७ को अवसरमा समाजले विराटनगर–१२ स्थित पञ्चमुखी चोकमा सांस्कृतिक कार्यक्रम गर्न लागेको हो ।
तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको सांस्कृतिक साँझमा यस वर्ष पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहने समाजका अध्यक्ष लाक्पा लामा ‘म्याकुरी’ ले बताए ।
कार्यक्रम शनिबार बेलुका ४ बजेदेखि राति १० बजेसम्म हुने छ ।
सांस्कृतिक साँझमा चर्चित गायिका एलिना चौहान, गायक महेश काफ्ले, गायक सन्देश सुवेदी, स्मृति ब्याण्ड, द नाइन्टिज ब्याण्ड, टिकटक स्टार रविन भुजेल तथा द भाइरलहुड नृत्य समूहको विशेष प्रस्तुति रहनेछ ।
नेपाली कला, संस्कृति र मनोरञ्जनको प्रवद्र्धनसँगै चाडपर्वको खुसी साटासाट गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समाजका सचिव गौतम मण्डलले बताए ।
समाजका उपाध्यक्ष रवि माली, कोषाध्यक्ष सुजाता राना बस्नेत तथा सदस्यहरू दुर्गानन्द कामत र अरूण उराउलगायतको टोली कार्यक्रम तयारीमा जुटेको छ ।
View : 33
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved