काठमाडौं । लुम्बिनी लायन्स राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)को पहिलो क्वालिफायरमा प्रवेश गरेको छ ।
आज सम्पन्न खेलमा विराटनगर किंग्सलाई हराउदै लुम्बिनी पहिलो क्वालिफायरमा सुरक्षित भएको हो ।
हारसंगै विराटनगर बाहिरिएको छ ।
जितका लागि पाएको १६७ रनको लक्ष्य लुम्बिनीले १९।५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो ।
जसमा आसिफ शेख र डार्सी सर्टले ४५र४५ रन बनाए ।
विराटनगरका अपराजित पौडेलले २ विकेट लिए ।
यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६६ रन बनायो ।
जसमा चरिथ असलङ्काले अर्धशतकीय पारी खेल्दै ६४ रन बनाए। यस्तै शुभम रञ्जनेले ३१ ,इमरान शेखले २४ रन हिर्काए ।
लुम्बिनीका किशोर महतोले २,रूबेल ट्रम्पलमेन र अभिषेश गौतमले १र१ विकेट लिए ।
View : 28
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved