काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा कर्णाली याक्सले जित निकाल्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । अंक तालिकामा चितवन राइनोज चौथो स्थानमा रहँदै प्लेअफमा पुगिसकेको छ । कर्णाली याक्स भने सातौं स्थानमा छ ।
प्लेअफमा स्थान सुरक्षित गरिसकेको चितवन राइनोजले कर्णाली याक्सविरुद्धको खेलमा टोलीमा पाँच खेलाडी परिवर्तन गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । चितवनले भने अघिल्लो खेलको तुलनामा पाँच खेलाडी परिवर्तन गर्दै नयाँ संयोजनसहित मैदानमा उत्रिएको छ ।
चितवनले आजको खेलमा देव खनाल, अशोक धामी, सलाहुद्दिन खान, डान मोस्ली र उसामा मिरलाइ टोलीमा समावेश गरेको छ । त्यसैरी आजको खेलमा चितवनले अर्जुन साउद, रन्जित कुमार, मौसम ढकाल, रवि बोपारा र डाविड मलानलाई आजको खेलमा विश्राम दिएको छ ।
कर्णाली याक्सले भने टोलीमा एउटा मात्र परिवर्तन गरेको छ । दीपेन्द्र रावतको स्थानमा सचिन शर्मा खेल्दै छन् । अंक तालिकामा चितवन चौथो स्थानमा छ । उसले प्लेअफमा स्थान पक्का गरिसकेको छ । कर्णाली भने सातौं स्थानमा छ ।
यसैगरी आज साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडाैं गोर्खाज र पोखरा एभेन्जर्स आमने सामने हुनेछन् । प्लेअफमा स्थान सुरक्षित गरिसकेको काठमाडाैं अंक तालिकाको तेस्रो स्थानमा छ । पोखरा भने अंक तालिकाको पुछारमा छ ।
आज हुने दुवै खेलले अंक तालिकाको समीकरण टुंगो लाग्नेछ ।
View : 27
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved