Biratnagar, Morang, Nepal
२९ कार्तिक २०८३, आइतवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

२५ वर्षे सांगीतिक यात्रामा रहेको 'द स्मृति ब्याण्ड' द्वारा सञ्चारकर्मी देवान सम्मानित

उद्‌घोष संवाददाता
२९ कार्तिक २०८३, आइतवार

Advertisement

विराटनगर । विराटनगरको चर्चित सांगीतिक समूह द स्मृति ब्याण्डले स्थापनाको २५औँ वार्षिकोत्सवका अवसरमा सञ्चारकर्मी प्रेमकुमार देवान सम्मानित भएका छन् ।

ब्याण्डको स्थापनाकालदेखि नै सञ्चारकर्ममा सक्रिय देवानलाई ब्याण्डलाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले शनिबार साँझ आयोजित कार्यक्रममा सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

लामो समयदेखि कला, संस्कृति तथा मनोरञ्जन क्षेत्रका विषयमा कलम चलाउँदै आएका देवान ओबी मिडियाका निर्देशक तथा आवर विराटनगरका समाचार संयोजक हुन् । उनी चलचित्र पत्रकार संघ नेपाल, मोरङ शाखाका अध्यक्षसमेत रहेका छन् ।

ब्याण्डले आफ्नो २५ वर्षे सांगीतिक यात्रामा सञ्चारमाध्यम र सञ्चारकर्मीको साथ सहयोग तथा निरन्तर प्रचारप्रसारले महत्वपूर्ण भूमिका खेलेको जनाएको छ । सोही अवसरमा ब्याण्डले आफ्नो सांगीतिक यात्रामा साथ र सहयोग पुर्‍याउने सम्पूर्ण सञ्चारकर्मीप्रति आभार व्यक्त गरेको थियो ।

नेपाली संगीत क्षेत्रमा २५ वर्षदेखि सक्रिय द स्मृति ब्याण्डले वार्षिकोत्सवलाई सांगीतिक उत्सवका रूपमा मनाएको हो । सो अवसरमा आफ्नो सांगीतिक यात्रामा विभिन्न रूपमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो ।

View : 26

२९ कार्तिक २०८३, आइतवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved