विराटनगर। नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री डा. डिला संग्रौलाले विराटनगर महानगरपालिकाभित्र पार्टीको टोल समिति गठन तथा विभिन्न तहका कार्यालयहरूको उद्घाटन गरेकी छन् ।
स्थानीय तहमा पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र चलायमान बनाउने उद्देश्यले बिहीबार र शनिबार गरी तीनवटा कार्यालय उद्घाटन तथा टोल समिति गठन गरिएको हो ।
यसै क्रममा शनिबार विराटनगर–११ मा नेका शिवपुर टोल समिति गठन गरिएको छ ।
वडा सभापति भरत क्षेत्रीको सभापतित्व तथा महामन्त्री डा. संग्रौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले विक्रान्त कामतको सभापतित्वमा नयाँ टोल समिति चयन गरेको हो ।
समितिको उपसभापतिद्वयमा हरेराम पासवान, सुनिताकुमारी कामत र सचिवमा हिरालाल पण्डित चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा विक्की राय, अमितकुमार कामत, राजीव पण्डित, अक्षय कामत, उपेन्द्र साह, सन्तोष पासवान, विवेक कामत र राहुल साह छन् ।
समितिको सल्लाहकारमा रविशंकर कामत, शिवचरण राय, इन्द्रदेव पण्डित, दिनेश कामत र शत्रुधन राय छन् ।
सोही अवसरमा महामन्त्री डा. संग्रौलाले नेपाली कांग्रेस विराटनगर–११ को वडा कार्यालयको समेत उद्घाटन गरिन् ।
कार्यक्रममा कांग्रेस मोरङ क्षेत्र नं. ६(२) का सभापति रामसुन्दर राजवंशी, महाधिवेशन प्रतिनिधि मञ्जु श्रेष्ठ, जिल्ला कोषाध्यक्ष रञ्जु अधिकारी, प्रदेश प्रतिनिधि नीलम चौलागाई, विराटनगर–११ की महिला सभापति मञ्जु ढकाल र वडा सहसचिव नरेश थापाको उपस्थिति थियो ।
यस्तै, अधिवक्ता मधुसुदन चौधरी, गायत्री थापा, राधिका कार्की, लक्ष्मण कोइराला, रामबाबु पासवान, रामु गुप्ता, विष्णुप्रसाद आचार्य, इश्वरकुमार कँडेल, प्रकाश गुप्ता (भोला भाइ) लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो ।
शनिबार नै महामन्त्री डा. संग्रौलाले विराटनगर–१२ को पार्टी वडा कार्यालयको पनि उद्घाटन गरिन् ।
वडा नं. १२ समितिको आयोजनामा सम्पन्न सो कार्यक्रममा क्षेत्रीय सभापति चुमनारायण तवदार, प्रदेश क्षेत्र नं. ६(२) का सभापति रामसुन्दर राजवंशी र वडा नं. १२ का पूर्व सभापति हरिनारायण यादवको समेत उपस्थिति थियो ।
यसअघि बिहीबार महामन्त्री संग्रौलाले नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ (२) को क्षेत्रीय कार्यालयको समेत उद्घाटन गरेकी थिइन् ।
क्षेत्रीय तथा वडा कार्यालयहरूको स्थापना र टोल समिति गठनसँगै तल्लो तहका सांगठनिक गतिविधि, प्रशिक्षण र जनसम्पर्क अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन सहज हुने नेका मोरङ ६(२) का सभापति रामसुन्दर राजवंशीले बताए ।
View : 214
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved