Biratnagar, Morang, Nepal
८ मंसिर २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

सूर्योदय सहकारी एकीकरणपछिको पहिलो साधारणसभा सम्पन्न

उद्‌घोष संवाददाता
८ मंसिर २०८३, मङ्गलवार

विराटनगर । सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विराटनगर–५ को वार्षिक साधारणसभासम्पन्न भएको छ ।

सूर्योदय बचत तथा ऋण सहकारी संस्था र महिला बचत तथा ऋण सहकारी संस्था आपसमा गाभिएपश्चात् (एकीकरण पछि) संस्थाले आफ्नो पहिलो वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष केदार कार्कीको अध्यक्षता तथा संस्थापक अध्यक्ष सुरबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा विराटनगर–५ मा उक्त सभा सम्पन्न भएको हो ।

दुई सहकारी संस्था एकीकरण भएपछि वित्तीय कारोबारमा देखिएको उत्साह र शेयर सदस्यहरूको सामूहिक हित तथा संस्थागत सुदृढीकरणका लागि साधारणसभा आयोजना गरिएको हो ।

साधारणसभामा लेखा समितिका संयोजक तुलबहादुर कार्कीले आर्थिक वर्ष २०८२–८३ को वार्षिक लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 प्रतिवेदनअनुसार ३७० महिलासहित कुल ८६२ शेयर सदस्य आबद्ध रहेको सो संस्थाको वार्षिक कारोबार १० करोड रुपैयाँ बराबर पुगेको छ ।

संस्थामा हाल १ करोड ९७ लाख ६ हजार ७ सय रुपैयाँ शेयर पुँजी रहेको छ भने ५ करोड १४ लाख ७६ हजार ३२१ रुपैयाँ निक्षेप जम्मा र  ४ करोड १२ लाख ९८ हजार १२५ रुपैयाँ ऋण लगानी रहेको विवरण प्रस्तुत गरिएको छ ।


सभाले संस्थाको प्रगतिमा योगदान पु-याउने ऋणी तथा जेहेन्दार विद्यार्थीहरूलाई सम्मानसमेत गरेको छ ।

जसअन्तर्गत नियमित र उत्कृष्ट कारोबार गर्ने बेलु चौधरी र श्याम राजवंशीलाई ‘असल ऋणी’ का रूपमा सम्मानित गरिएको छ ।

त्यस्तै, शेयर सदस्यका छोराछोरीहरूमध्ये कक्षा १२ उत्तीर्ण गरी उत्कृष्ट अंक ल्याउन सफल अनामिकाकुमारी दास र स्वर्णिम प्रधानलाई ‘सूर्योदय छात्रवृत्ति’ प्रदान गरिएको छ ।

संस्थाका सचिव हरि अधिकारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष अच्युतानन्द पोखरेल, महिला बचत तथा ऋण सहकारीका पूर्व अध्यक्षहरू गृहलक्ष्मी महाजू, रिता श्रेष्ठ र रोली भट्टराईको विशिष्ट आतिथ्यता रहेको थियो ।

साथै, सृष्टि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निवास पोखरेल, तेजस्वी बचत तथा ऋण सहकारीका अध्यक्ष देवीप्रसाद चुडाल तथा ज्येष्ठ नागरिक बौद्धिक मञ्चका पूर्व अध्यक्ष सतिषकुमार कर्णलगायतको उपस्थिति थियो ।

 

View : 146

८ मंसिर २०८३, मङ्गलवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved