विराटनगर । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको दोस्रो राष्ट्रिय कार्यसमिति बैठक जनकपुरमा सम्पन्न भएको छ ।
संगठनका अध्यक्ष गोपाल अग्रवालको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष नितेश माहेश्वरी, उपाध्यक्ष यज्ञराज अग्रवाल, सचिव राजु चौधरी, कोषाध्यक्ष राहुल सिंघानिया, सहकोषाध्यक्ष विशान्त सिंघी, क्षेत्रीय सभापतिहरू तथा कार्यसमिति सदस्यहरूको सहभागिता थियो ।
बैठकमा सहभागी सम्पूर्णप्रति संगठनले आभार व्यक्त गर्दै बैठकको आतिथ्य प्रदान गरेको मारवाडी युवा मञ्च जनकपुरधामप्रति विशेष धन्यवाद व्यक्त गरेको छ ।
नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका महासचिव मोहित लालवानीले बैठकमा सहभागी सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
View : 7
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved